नेपाल लाइफको वार्षिकोत्सवको अवसरमा क्यास व्याक अफर सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १८:२१:१२
७ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई-सेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५५ वा २३० रुपैयाँ सम्मको क्यासव्याक प्राप्त गर्नेछन ।
सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ।पी।एस, आई एम ई(पे र प्रभु-पे संग सम्झौता गरेको छ । कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको पराजुलीले बताए।
२०५८ साल वैशाख २१ गते स्थापित कम्पनीले २२ वर्षको दौरानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार