दोल्ती पावर कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार ९:४२:५१
८ वैशाख, काठमाडौं। दोल्ती पावर कम्पनीको आईपीओ आज बाँडफाँट हुँदैछ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ । यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यस आईपीओमा गोलाप्रथाबाट आईपिओ बाँडफाँट हुनेछ । यस आईपीओमा मागभन्दा ११।६० गुणा बढी आवेदन परेको छ ।
यस आईपीओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २७ हजार १८६ जनाले मात्र शेयर हात पार्नेछन् । जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन् ।
कम्पनीले जारी गरेको आईपीओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर निष्कासन गरेको हो । यस मध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार