१५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १३:४८:३८
८ वैशाख, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ । प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, नवराज रिजालको ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’, विष्णु प्रभातको ‘नेपाली संस्कृतिको विवेचना’, नन्दु उपे्रतीको ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’, डा देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचार धारा’ पुस्तक प्रदर्शनीमा राखिएको छ ।
यसैगरी, सम्पादक वीरबहादुर महतोको ‘मगही भाषाके प्रतिनिधि कविता’, प्रा डा कृष्णप्रसाद पौड्यालको ‘चितोनियाँ थारू भाषाको व्याकरण’, लेखक रमेश सुवेदी र सम्पादक प्रा. केशव सुवेदी रहेको ‘रापती क्षेत्रका स्रष्टाहरुको शब्द चित्र’, डा. विष्णु न्यौपानेको ‘नेपाली कथामा उखानको प्रयोग’, प्रधान सम्पादक डा. ध्रुवप्रसाद भट्टराई रहेको ‘नेपाली लोकवार्ता कोश’, नर्मदेश्वरी सत्यालको ‘नेपाली लोक परम्परामा महिला’, डा. टङ्क उप्रेतीको ‘सन्थाली लोकगीत’ पुस्तक पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए ।
यस्तै, डा. पुष्करराज भट्टको ‘नेपाली लघु कथाका प्रवृत्तिहरु’, डा. नवराज कट्टेलको ‘पण्डित दधिराम पौडेलका व्याकरणात्मक कृतिहरुको अध्ययन’, डा. माधवप्रसाद लामिछानेको ‘पशुपति क्षेत्रका शक्तिपीठ र तत्सम्बद्ध जात्राहरु’ र अनुवादक कृष्णप्रसाद शर्मा घिमिरेले अनुवाद गरेको ‘श्रीमद्वाल्मीकिरामायण’ को पुनर्मुद्रण गरिएको पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यही वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तकहरुमा १५ देखि ४० प्रतिशतसम्म सहुलियत दिइएको छ ।
प्रज्ञा–प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरु पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ प्रतिशतसम्म छुट दिइएको छ । पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उनले बताए । प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार