नरोदय माविमा ३ कोठे शौचालय निर्माण गर्न ५९५ बोरा सिमेन्ट
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १३:९:३९
१० वैशाख, स्याङ्जा । गल्याङ नगरपालिका ६ पिडिखोला स्थित् नरोदय माविमा निर्माण गरिएको ३ कोठे शौचालयमा ५ सय ९५ बोरा सिमेन्ट प्रयोग भएको देखिएको छ । शिक्षक अभिभावक संघले विद्यालयको सामाजिक लेखापरिक्षक गर्नेक्रममा शौचालय निर्माण गर्दा ५ सय ९५ बोरा सिमेन्ट लागेको देखिएको हो ।
एउटै बिलमा ५ सय ९५ बोरा सिमेन्ट खरिद गरेको देखिएपछि शौचालय निर्माणमा अनियमितता भएको आशंक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले गरेको छ । विद्यालयलाई शौचालय बनाउन पुर्ननिर्माण प्राधिकरणले १४ लाख भन्दा बढी रकम दिएको थियो । सो रकमबाट पनि शौचालय निर्माणमा रकम अपुग भएपछि ५ लाख विद्यालयले थप गरी १९ लाख लागेको लेखापरिक्षण गर्दा देखिएको शिक्षक अभिभावक संघका अध्यक्ष मेघनाथ बस्यालले जानकारी दिए ।
आर्थिक बर्ष २०७७÷२०७८ को सामाजिक लेखापरिक्षण गर्दा विद्यालयमा धेरै नै अनियमितता भएको शंका लाग्यो बस्यालले भने,‘विद्यालयको हिसाबकिताव हेर्न थालेपछि विद्यालयका प्रअ बेखबर हुनुभयो ।’ ३ महिनादेखी प्रअ विद्यालय नआउदा अन्य हिसावकिताव पनि हेर्न पाईएन उनले भने । एउटै शौचालयमा त्यतीधेरै सिमेन्ट लागेको हिसाब देखिएपछि हामीलाई विद्यालयमा आर्थिक अनियमितता भएको छ भन्ने लागेको बताए ।
म शिक्षक अभिभावक संघको अध्यक्ष नहुदै शौचालयमा घोटला भयो भन्ने हल्ला सुनेको थिए उनले भने,‘अहिले सामाजिक लेखा परिक्षण गर्दा त्यस्ता भेटियो ।’ अब प्रअ आएपछि यस बिषयमा अझै गहिरिएर छानविन गर्नुपर्छ उनले भने । शौचालय निर्माणमा ५ सय ९५ बोरा सिमेन्ट खर्च भएको भन्ने हल्लाले अहिले स्थानीयहरु पनि दङ्ग परेको बताइएको छ । ३ महिना बेखबर रहेका भनिएका विद्यालयका प्रअ प्रेम शर्मा पौडेल भने शुक्रवार मात्रै विद्यालय पुगेका छन् ।
उनले आफुले विद्यालय व्यवस्थापन समिति र गल्याङ् नगर शिक्षा शाखालाई जानकारी गराएर बिदामा बसेको बताए । शौचालयमा कसरी त्यतीधेरै सिमेन्ट लाग्यो भन्ने प्रश्नमा प्रअ पौडेलले भने,‘कोभिड र बाढीपहिरो गएका बेला निर्माण गर्दा शौचालय निर्माणमा धेरै खर्च भयो ।’ विद्यालय ग्रामिण क्षेत्रमा रहेको र निर्माण सामाग्री ल्याउदा ढुवानी महङ्गो पर्न गएको हो उनले भने । धेरै लामो समय म बाहिर भएको र हिसाब पुरानो भएकाले सबै बिषय खातापाता हेरेपछि मात्रै थाहा हुने उनले बताए । शौचालय निर्माणमा केही महङ्गो भएको महशुष आफुलाई लागेको छ उनले भने,‘व्यापारीले भ्याटको बिला मिलाउदा सिमेन्टका बोरा धेरै देखाएको छ ।’ कतिपय विद्यालयका सानातिना कामको हिसाब मिलान गर्दा त्यस्तो देखिन गएको होला उनले भने ।
प्राविधिकहरुका अनुसार सामान्यतय ३ कोठे शौचालय बनाउदा धेरै लागेका २ सय बोरा भए पुग्ने बताएका छन् । सेप्टीट्याङ्की सहितको स्टाण्डर शौचालय बनाउदा २ सय बोरा भन्दा बढी नलाग्ने प्राविधिकहरुको भनाई छ । तर नरोदय माविले निर्माण गरेको सामान्य शौचालयमा ५ सय ९५ बोरा सिमेन्ट लाग्नु मिलेमतोमा अनियमिता भएको देखिन्छ । यस बिषयमा गल्याङु नगरपालिका र सम्वन्धित् निकायले छानविन गरिनु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार