बैंकहरुकाे मुनाफामाथि संसदमा उठ्याे प्रश्न
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १६:१०:३७
१२ वैशाख, काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले देशको आर्थिक अवस्थाबारे कुरा उठाएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद भिमप्रसाद आचार्यले देशको अर्थतन्त्र जर्जरको अवस्थामा पुगेको बताउँदै बैंकहरुको नियमन गर्न सरकारको ध्यानाकर्षण गराए ।
अर्थतन्त्र आरोलो लागिरहेको बेला बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएको विषयमाथि नियमन गर्न उनले माग गरे । बैंकरहरुको दबाबमा परेर नियमक निकाय नियमन नगरी मौन बसेको उनको आरोप थियो । मुलुकको अर्थतन्त्र संकटमा परिरहेको बेला नाफा कमाउने बैंकहरुको पाता फर्काउनुपर्ने बेला आएको भन्दै उनले आक्रोश पोखे ।
उनले वृद्धवृद्धाले भत्ता पाउने अवस्था गुमाउनुपर्ने अवस्थामा पुग्दा समेत सरकार वित्तीय संस्थाहरुको दबाब परेर बैंकमा थुप्रिएको पैसा बजारमा ल्याउन असफल भएको बताए । शिक्षक र प्रहरीको तलब रोकिएर दैनिकीमै समस्या पर्न थालेको बताउँदै उनले संकटग्रस्त अवस्थामा पुगेका उद्योगहरु संचालनको नीति ल्याउन माग गरे । बजारमा अराजकता मौलाएर गएको र चाँडो नियन्त्रण नगरे महंगी बढेर विकराल रुप लिने भन्दै चिन्ता व्यक्त गरे । कोरोना महामारीले बैंकलाई नछोएको देख्दा बैंकले कमाएको नाफामाथि शंका उब्जिएको बताए ।
सहकारीमाथि नियमित नियमन नगरेकै कारण बचतकर्ताको रकम डुब्ने क्रम नरोकिएको उनको भनाइ थियो । लघुवित्तले अराजकतवरले उठाएको चर्को ब्याजले ऋणीको उठीबास लागेको भन्दै नियमविपरीत ब्याज असुल्ने लघुवित्त संस्थालाई कानुनबमोजिम कारवाही गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार