शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको १० नं. गण सक्रिय, ५५ लाखको अवैध सामान बरामद
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १६:१७:५५
•जगन्नाथ साह सोनी
१२ वैशाख, सर्लाही । भारतीय सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल सक्रिय देखिएको छ । खुल्ला सीमासँग जोडिएको सर्लाहीको भूगोलमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको हो । तीन महिना अघि मात्र एपीएफको इन्टेलिजेन्स ब्यूरोबाट सरुवा भई सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल नेपाल नं. १० गण सर्लाहीमा आएका सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी तस्करी नियन्त्रणमा सक्रिय बनेका छन् ।
मधेश प्रदेशका जिल्लामध्ये शान्ति सुरक्षाको हिसाबले सर्लाही शान्ति सुरक्षाका हिसाबमा पनि संवेदनशील जिल्ला भित्र पर्छ। भारतसँग खुला सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अवैध क्रियाकलाप, लागूऔषध एवं हातहतियारको अवैध ओसारपसार, चोरी–तस्करी लगायतका घटना हुने गरेका छन्। यस्ता घटना नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाएको छ।
यसरी निगरानी सीमा क्षेत्रका नागरिकले शान्ति सुरक्षाको दरिलो अनुभूति गर्ने गरेका छन् भने भारतबाट अवैध रूपमा नेपाल भित्र्याएको सामान पक्राउ गर्ने क्रम बढ्दो छ। १० नं. गण सर्लाहीका एसपी भण्डारीका अनुसार विनाबिल–बिजक र अवैध रूपमा नेपाल ल्याएका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। तीन महिनाको यो अवधिमा सशस्त्र प्रहरी १० नं. गण ले करिब ५५ लाख भन्दा बढीको भन्सार छली भित्र्याइएका अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १० गण सर्लाहीले अवैध चोरी तस्करी नियन्त्रण गर्न तथा राजश्व वृद्धि गर्न सक्रिय रूपमा जुटेको एसपी भण्डारीले नेपालबहसलाई बताए। सशस्त्र प्रहरीकै सक्रियताका कारण भन्सार राजश्व लक्ष्य भन्दा बढी उठाउन भन्सार कार्यालय सर्लाही सफल भएको छ ।
शान्ति सुरक्षा र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको तैनाथी व्यापक बनाइएको उनले जानकारी दिए । जिल्लाबाट हुने अवैध चोरी निकासी र लागूपदार्थ ओसारपसारजस्ता घटना रोक्न सशस्त्रले सक्रियता बढाएको हो । सीमा अपराध नियन्त्रणमा जिल्लाका विभिन्न बीओपी, बेस क्याम्प र गुल्ममा रहेका सशस्त्र प्रहरीका अधिकृत तथा जवान २४ औं घन्टा तयारी अवस्थामा रहेको उनको भनाई छ । प्रहरी उपरीक्षक भण्डारीले भने–‘सीमा अपराध, चोरी पैठारी नियन्त्रणमा हामी अलर्ट अवस्थामा छौं ।’
सशस्त्र प्रहरीले सीमामा हुने अवैध कृयाकलाप रोक्न सक्रियता देखाएसँगै महिना दिनमै कपडा, खाद, गुटका लगायतका लाखौं मूल्यको सामान बरामद गरेको छ । राज्यले संगठनलाई दिएको जिम्मेवारी र कर्तव्यको पूर्ण रुपमा पालन गर्दै खुला सीमाको कारण हुनसक्ने अवैध गतिविधि र जुनसुकै अवाञ्छित क्रियाकलापको रोकथाम र नियन्त्रणमा सशस्त्र प्रहरी बल सदैव सक्रिय रहने एसपी भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार