बीमा कम्पनीको चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म थपियो
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १२:१९:२
१३ वैशाख, काठमाडौं । बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु¥याएको हो ।
यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी ९दोस्रो संशोधन० निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो ।
“विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ”, संशोधित निर्देशिकामा भनिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीका लागि रू पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि रू दुई अर्ब ५० करोड चुक्ता पुँजी कायम गरेको छ ।
हाल सञ्चालनमा रहेका १७ जीवन बीमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बीमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पु¥याएको प्राधिकरणले जनाएको छ । यसरी तोकिएको समयमा अधिकांश बीमा कम्पनीको चुक्ता पुँजी नपुगेपछि निर्देशिका संशोधन गरेर तीन महिना समय थप गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार