अर्थतन्त्रलाई समाजवादकाे आधार निर्माणतर्फ लैजान सांसदहरुको माग
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १४:२७:४९
१३ वैशाख, काठमाडौं । राष्ट्रियसभामा बोल्ने सांसदहरुले मुलुकको अर्थतन्त्र समाजवादको आधारमा निर्माण गर्नेतर्फ लैजानुपर्ने बताएका छन् ।
बुधबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद दनकुमारी साह ‘गरिमा’ले संविधानले समाजवादका आधारहरु निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्नेमा जोड दिइन् ।
‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसद साहले मुलुकलाई आत्मनिर्भर र सफल मुलुक बनाउन समाजवादी अर्थव्यवस्था बनाउनुको विकल्प नरहेको बताइन् ।
देशलाई मुलुक असफल हुनुबाट जोगाउनुपर्ने बताएकी उनले ओरालो लागेको अर्थतन्त्रलाई उकालो तिर लैजान र देशलाई असफल हुनबाट जोगाउनुपर्ने बताइन् । देशलाई श्रीलंका र पाकिस्तानको बाटोमा पुग्न नदिन सरकारले बेलैमा सोचेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताइन् । राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार लागेको छ । सरकार अहिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयार गरिरहेको छ ।
संवैधानिक व्यवस्था अनुसार वैशाखको अन्तिम साताभित्र दुवै सदनको वर्षे अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार