विलासिताका वस्तुकाे आयात कटौती गर्न माग
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १७:४२:४८
१३ वैशाख, काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरुले विलासिताको सामान आयातमा कटौती गर्न सरकारसँग माग गरेका छन् ।
सांसद प्रमिला कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउन माग गर्दै विलासिताका वस्तु खरिदमा रकम खर्च रोकेर कृषि र उत्पादनमा लगानी बढाउनुपर्ने बताइन् ।
‘दिनानुदिन भ्रष्टाचार बढरिहेको अवस्थामा सरकारले आवश्यक आर्थिक रणनीति अपनाउनु जरुरी छ’ उनले भनिन्, ‘विचौलिया, भ्रष्टाचारी, दलाललाई पृष्ठपोषण दिने संस्थालाई पनि भत्काउनु जरुरी छ ।’
मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा नेपालको वैदेशिक मुद्राको सञ्चिति तीव्र गतिले आरोलो लाग्नु चिन्ताको विषय भएको बताइन् । आर्थिक संकटका कारण उद्योगधन्दा बन्द हुन लागेको अवस्थामा पनि उद्योगी व्यवसायीले ऋणको चर्को व्याज तिर्नुपर्ने अवस्था हटाउन सरकारसँग माग गरिन् ।
आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना तर्जुमा गर्न, सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायत विलासिताका वस्तु आयातको परिणाममा कटौती गर्ने नीति ल्याउनुपर्नेमा जोड दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार