प्रधानमन्त्रीको अधिकार कटौती नभएसम्म सर्वोच्चमा न्यायाधीश नियुक्त हुन नदिने ओलीको रणनीति
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १४:२५:८
१३ बैशाख, काठमाडौं । संसदमा विचाराधीन रहेका विधेयकहरु अगाडि बढाउन सहमति देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकाएक संवैधानिक परिषदमा आफ्नो बहुमत फाइदा उठाउने रणनीति लिएका छन् । संवैधानिक परिषदमा प्रधानमन्त्री परिषदको अध्यक्ष रहने व्यवस्था छ । तर, ओली परिषदबाट बहुमतको आधारमा निर्णय गराउनुपर्दा अध्यक्ष रहेको प्रधानमन्त्रीले निर्णय गर्न नपाउने व्यवस्था गर्नुपर्ने पक्षमा उभिन पुगेका छन् ।
अध्यक्ष ओलीले तीन दलको बैठकमा अध्यक्ष रहने प्रधानमन्त्रीको अधिकार कटौती गर्नुपर्ने प्रस्ताव नै गरेका थिए । तर, यो प्रस्ताव संविधानसँगै बाझिने भएकाले कांग्रेस र माओवादी उनको प्रस्ताव अश्विकार गरका छन् । प्रधानमन्त्रीको अधिकार कटौती गर्ने प्रस्ताव अश्विकार भएपछि ओलीले सर्वोच्चको प्रधानन्यायाधीश सिफारिसमा नै बाधा पुर्याउने रणनीतिमा बनाएका छन् । परिषदको अध्यक्ष रहने प्रधानमन्त्रीले निर्णय गर्न नपाउने कुरा आफैमा अमिल्दो छ ।
अहिलेकै अवस्थामा ओलीले सकारात्मक जवाफ नदिएसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन । बहुमत बाटै निर्णय गर्नुपर्दा ओलीकै पक्षमा बहुमत छ । उनी यो बहुमतको फाइदा उठाउँदै संवैधानिक परिषदसम्बन्धी विधेयकबाट यो अधिकार हटाउनुपर्ने पक्षमा उभिएपछि थप संकट बढेको छ । उनी आफै प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेशमा पनि अध्यक्षसहितको बहुमतले निर्णय गर्ने सक्ने प्रावधान राखेका थिए । यही प्रावधान अहिलेको विधेयकमा पनि छ ।
परिषदको अध्यक्षले निर्णय गर्न नपाउने विषयमा कांग्रेस र माओवादी सहमत हुने अवस्था छैन भने यसमा सहमति नजनाए प्रधनन्यायाधीश सिफारिस नै हुन नदिने पक्षमा ओली भएपछि तत्कालका लागि प्रधानन्यायाधीश सिफारिसको विषय पनि अन्योलमा नै परको छ । प्रधानन्यायाधीशको रोल क्रममा अहिले तीन जना न्यायाधीश छन् । पहिलो रोल क्रममा रहेका कामू प्रधानन्यायाधीश हरिकृष्ण पहिले ओली निकट मै थिए । अहिले ओली उनलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने पक्षमा छैनन् ।
संवैधानिक परिषदले सिफारिस गर्दा पहिलो नम्बरमा रहेका कार्की नै पहिलो नम्बरमा सिफारिस हुन्छन् । तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान अनुसार कार्की पछाडी न्यायाधीशहरू विश्वम्भर मान सिंह र इश्वरप्रसाद खतिवडाको नाम सिफारिस हुन्छ । ओली पहिलो नम्बरको नाम सिफारिस रोक्नको लागि यो हर्कत गरिरहेका छन् । उनले चाहेको भए कार्की संवैधानिक परिषदको पहिलो बैठकबाटै प्रधानन्यायाधीशका लागि सिफारिस भइसक्ने थिए । किन भने प्रधानमन्त्रीले नचाहे पनि बहुमतको निर्णय गर्नु पर्दा ओलीकै पक्षमा बहुमत थियो ।
ओलीको संवैधानिक परिषदबाट प्रधानमन्त्रीको विशेषाधिकार कटौती गर्नुपर्ने कारणको पछाडि अर्को पनि रहस्य छ । सर्वोच्च देखि विभिन्न संवैधानिक निकायहरूमा नियुक्तिको समय आउँदैछ । ओलीको बहुमत रहेको परिषदबाट उनको अनुकुलभन्दा अरू निर्णय नहुने देखेपछि सत्ता पक्षले राष्ट्रिय सभाका अध्यक्षमाथि अविश्वासको प्रस्ताव लगेर हटाउने र आफ्नो पक्षमा बहुमत पुर्याउने सोच बनाएको छ । राष्ट्रिय सभाको अध्यक्ष अनुपस्थित रहने बित्तिकै प्रधानमन्त्रीका पक्षमा बहुमत पुग्छ र ओली अल्पमतमा पर्नेछन् ।
यो अवस्थामा प्रधानमन्त्रीको अधिकार कटौती भएमा पाँच सदस्यीय रहने संवैधानिक परिषदमा चार सदस्यले मात्र निर्णय गर्ने छन् । यसमा एक जनाको असहमति रहेपनि तीन जनाले निर्णय दिने अवस्था आउनेछ । यदि सत्ता गठबन्धनले राष्ट्रिय सभाका अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव नलगे परिषदमा ओलीनै सर्वेसर्वा हुनेछन । यसपछि सर्वाेच्चदेखि निर्वाचन आयोग र अख्तियार लगायतका संवैधानिक निकायमा एकलौटी नियुक्ति दिन सकिने सोच ओलीमा देखिएको छ ।
यसै कारण कुनै विषयमा सर्व सम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने प्रावधानप्रति ओलीको आपत्ति रहेको हो । प्रमुख तीन दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार बुधबार प्रतिनिधिसभाबाट संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी संशोधन विधेयक पारित गर्ने तयारी थियो । तर, बुधबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा एमालेले संवैधानिक परिषदमा सबै सदस्य बराबर हुने जिकिर गर्दै अध्यक्षता गर्ने प्रधानमन्त्रीलाई विशेषाधिकार दिने विधेयकको दफा ६ (१०) को प्रावधान हटाउन माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार