बेलचौरवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १५:२१:७
१४ वैशाख, वालिङ । स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यहाँका बासिन्दामा स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखिँदासमेत गल्याङ बजार तथा पाल्पाको हुँगी जानुपर्ने बाध्यतामा रहेको स्थानीय नरेन्द्रप्रसाद अर्यालले बताए ।
“वडा नं ९ को साङ्लियामा रहेको स्वास्थ्य चौकीमा जान हामीलाई अपायक थियो”, उनले भने, “आफ्नै गाउँमा स्वास्थ्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएसँगै निक्कै सहज भएको छ ।”
स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न स्थानीय यमनारायण अर्यालले एक रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन । “स्वास्थ्यसम्बन्धी सामान्य जाँच गर्न, सिटामोल खान टाढा जानुपर्दा गाउँलेलाई सास्ती भएको थियो”, जग्गादाता अर्यालले भने, “गाउँमै स्वास्थ्य केन्द्र स्थापना गर्न सके टाढा जानुपर्ने बाध्यता पनि हट्ने र गाउँमै स्वास्थ्योपचार गर्न पाइए सहज हुने ठानेर निःशुल्क जग्गा प्रदान गरेको हुँ ।”
जग्गा प्राप्त भएसँगै गतवर्ष जेठमा सम्झौता भई भवन निर्माण थालिएको वडा नं ९ का वडाध्यक्ष नामदेव खनालले बताए । “यहाँका नागरिक स्वास्थ्यको आधारभूत पहुँचभन्दा बाहिर रहेको महसुस गरी गतवर्ष निर्वाचित भएसँगै पहिलो प्राथमिकतामा राखेर काम थालेका थियौँ”, उनले भने ।
भवन निर्माण सुरु भएको आठ महिनामै सम्पन्न भइ वैशाख १० गतेबाट स्वास्थ्य सेवा दिन सुरु गरेको उनको भनाइ छ । चार कोठे पक्की भवन रु ३४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माण सकिएकाले अब बाहिरी घेराबारको काम बाँकी रहेकाले त्यसलाई पूरा गर्ने गरी काम अगाडि बढेको वडाध्यक्ष खनालले बताए । स्वास्थ्य सेवा केन्द्रमा अहेब र अनमी एक÷एकजनाको दरबन्दी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार