मौद्रिक नीति खुकुलो बनाउनेबारे अर्थमन्त्री र गभर्नरबीच अझै असहमति
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १७:५५:४२
१३ बैशाख, काठमाडौं । प्रधानमन्त्रीदेखि निजी क्षेत्रका व्यवसायीसम्मको पहलमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्ने विषयमा अर्थमन्त्री प्रशकाशरण महत र नोपल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच अझै सहमति जुटेको छैन. । राष्ट्र बैंकले मौद्रिक नीतिमा राखेका केही प्रावधानलाई खुकुलो नबनाएसम्म वित्तीय संस्था र निजी क्षेत्रबाट राज्यलाई अपेक्षित लाभ नमिल्ने अवस्था देखिएको भन्दै यसमा परिमार्जन गर्नुपर्ने विषय उठाइएको थियो ।
अर्थमन्त्री नियुक्त भएकै दिन महतले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीसँग विग्रदो अर्थतन्त्रमा सुधार ल्याउन नेपाल राष्ट्र बैंकले केही नीतिहरुमा परिवर्तन गर्नुपर्ने विषयमा छलफल सुरु गरेका थिए । त्यस यता, अर्थमन्त्री र गभर्नर अधिकारीबीच मन्त्रालयमा धेरै पटक छलफल भइसकेको छ । तर, गभर्नर अधिकारी खुलेर मौद्रिक नीतिमा रहेका जटिल प्रावधानहरु खुकुलो बनाउने पक्षमा देखिएका छैनन् । उनले अर्थमन्त्रीलाई कुनै प्रतिक्रिया नदिएका कारण महत अझै उनलाई घचघच्याइरहेका छन् ।
नेपाल उद्योग बाणिज्य महासँगको अधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाल राष्ट्र बैंकले मौद्रिक निीतिमा रहेका जटिल प्रावधानहरु हउाउन गभर्नर अकिारीलाई निर्देशन नै दिएका थिए । सोही दिन नेपाल राष्ट्र बैंकले डाकेको पत्रकार सम्मेलनमा गभर्नर केही नयाँ कुरा ल्याउन आसा गरिएको थियो । तर , गभर्नर अधिकारीले चैत मसान्त सम्मको राष्ट्र बैंकका वित्तीय विवरण मात्रै सार्वजनिक गरे । प्रधानमन्त्री र अर्थमन्त्रीले अग्रहगर्दा पनि गभर्नर मौद्रिक नीतिका असजिला प्रावधान हटाउन तयार नदेखिएपछि अहिले उनले अर्थमन्त्रीलाई असहयोग गर्न खोजेको चर्चा सुरु भएको छ ।
बिहीबबार मात्र पनि अर्थमन्त्री डा. महतले अर्थतन्त्रको मूलभूत समस्या भनेको यसमा आएको शिथिलता भएको बताउँदै यसको महत्वपूर्ण पाटो नीतिगत भएको बताएका छन् । उनले मौद्रिक नीति र वित्त नीति सहज नभएकाले मौद्रिक नीति खुकुलो गर्न अब ढिलाइ गर्न नहुने बताएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीबार विराटनगरमा अर्थमन्त्री महतले मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकसँग भएको बताए । उनको यो भनाइले पनि अर्थमन्त्री र गभर्नरबीच अझ असमझारी देखाएको छ ।
उनले भने, ‘राष्ट्र बैंकले एउटा परिवेशमा मौद्रिक नीति टाइट गरेको थियो । अब औपचारिक र अनौपचारिक रुपमा पनि बैंकको नेतृत्वलाई भनिसकेको छु । के नीतिगत निर्णय लिनुपर्छ । गम्भीरतासाथ हेरेका छौँ र निर्णयमा पुग्ने विश्वास दिलाइएको छ । ब्याजदरले समस्या सिर्जना गरेको भन्दै अब विस्तारै सहजतातिर जानुपर्ने मन्त्री महतको भनाइ थियो । अरु मौद्रिक नीतिका टुल्सका कारण पनि पुँजी प्रवाह हुन नसकेको उनले बताए । मौद्रिक नीतिमार्फत पनि पूँजी प्रवाह गर्न जरुरी रहेको भन्दै महतले वित्त नीति पनि सुहाउँदो ढंगले परिमार्जन हुनुपर्ने बताए ।
पूर्वअथमन्त्री जनार्दन शर्मासँग टसल पर्दा गभर्नरमाथि कारवाही भएको थियो । पछि सर्वोच्च अदालतको आदेशबाट उनी राष्ट्र बैंक फिर्ता भएका थिए । नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उनि असन्तुष्ट बनेको थिए । तत्कालिन अर्थमन्त्रीका कारण आफूले कारवाही भोग्नु परेपछि उनी अहिलेका प्रधानमन्त्री प्रचण्डसँग पनि खुसी हुने कुरै भएन । प्रधानमन्त्री र अर्थमन्त्रीले भन्दासमेत मौद्रिक नीतिमा भएका असजिला प्रावधान हटाउन आनाकानी गरेपछि उनीप्रति व्यवसायीहरुले पनिसंकाको दृष्टिकोणले हेर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार