महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण

नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १८:२१:२८

१५ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगत ३३ बर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको हो ।
२०८० बैशाख १३ गते जुनकिरी पब्लिक विद्यालय साँखु, काठमाडौंमा सम्पन्न कार्यक्रममा शिक्षाको मुल धारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीहरुका लागि उक्त सहयोग प्रदान गरेको हो । बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने हेतुले बैंकले उक्त सहयोग गरेको हो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, राउन्ड टेबल नेपालका पदाधिकारीहरु र बैंकका तर्फबाट बजार निक्षेपिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सी तथा बाग्मती प्रदेश ‘क’ का प्रादेशिक प्रबन्धक प्रकाश घिमिरेको उपस्थिति रहेको थियो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
जेठ १९, २०८० शुक्रबार
सांग्रिला बैंकले वृहत साइकल र्याली गर्दै, भाग्यमानी एकजनाले साइकल उपहार पाउने
जेठ १७, २०८० बुधबार
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार