कपन घट्नाः निरा पाण्डेको हत्यारा झापाबाट पक्राउ
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार ९:२:९
१७ वैशाख, काठमाडौं । प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई झापाको धुलावारीबाट पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरिएको भनिएपनि उनको सबै विवरण गोप्य राखेको छ । उनलाई प्रहरीले शनिवार राती पक्राउ गरेको र आइतबार काठमाडौ ल्याउने प्रहरीको दावी छ ।
विगत १३ वर्षदेखि कपनको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा पसलमै हत्या भएको थियो । ‘झापाको धुलावारीबाट कोही आशंकित व्यक्ति पक्राउ भएको हो, काठमाडौ ल्याएर अनुसन्धान गर्नेछौ, अनुसन्धान पूरा भएपछि मात्रै एकिन साथ पाण्डेको हत्याराबारे सार्वजनिक गर्नेछौ’, प्रहरी उच्च स्रोतले भन्यो । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार विनोद झापाकै स्थायी बासिन्दा हुन्, उनले किन निराको हत्या गरे भन्नेबारेमा प्रहरीले विस्तृत अनुसन्धान विवरण सार्वजनिक गर्ने भएको छ ।
सो घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक 'एआईजी' किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिम रहेको छ । उनको हत्यापछि अपराधी पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीको आलोचना भएको थियो । उनको हत्यापछि स्थानीय व्यापारीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार