मन्त्रीमा छानिएका कांग्रेसका चार जनाले कहिले पाउँछन नियुक्ति
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १४:११:२४
१७ वैशाख, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पार्टीका तर्फबाट मन्त्री पठाउन नेपाली कांग्रेसले व्यक्ति छानेर नाम सार्वजनिक गरेको एक महिना बितिसकेको छ । पार्टीबाट सँगै छानिएका चार जनाले एक महिनाको मन्त्रीको तल खाइसकेका छन् भने पछिल्लो समय मन्त्री भएर गएका कांग्रेस नेता एनपी साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिएको पनि डेढ साता भइसकेको छ ।
प्रधानमन्त्रीसँग अब चार मन्त्रालय बाँकी छन् । कांग्रेसको भागमा परेका ८ मन्त्रालयमा पछि एउटा थपिएर ९ भएकाले अब चार जना पठाउनुपर्छ । कांग्रेसबाट मन्त्रीका लागि छानिएका पार्टी उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बु र मोहनबहादुर बस्नेतको अझै मन्त्री बन्ने टुंगो छैन । सुरेन्द्र आचार्यको नाम पनि सार्वजनिक भएको छ । अन्य एक राज्यमन्त्री पनि कांग्रेसले पाउन सक्छ । तर, उनीहरू सरकारमा जान नपाएको अन्य कारणले नभई पार्टीकै आन्तरिक विवादका कारण हो । कांग्रेस संस्थापन पक्षबाट पाँच जना मन्त्री भइसकेका छन् । अब संस्थापन पक्षबाट एक कोइराला समूहबाट तीन मन्त्री पठाउन बाँकी छ ।
सुरुमा अर्थ मन्त्रालयमा को जाने भन्ने विवाद आएको थियो । पछि परराष्ट्रमा पनि यस्तै विवाद आयो । महामन्त्री गगन थापाले आफै परराष्ट्रमा जाने मनसाय राखेपछि केही समय रोकिएको थियो । पछि सभापति शेरबहादुर देउवाले एनपी साउदलाई पठाए । त्यति बेला नै गुरुङ र लिम्बु पनि जानुपर्ने थियो । तर, उचित मन्त्रालय नपाएको भन्दै कोइराला समूहले नाम दिएन । अहिले आएर स्वास्थ्य मन्त्रालयमा पनि विवाद देखिएको छ । यतिबेला आएर सभापति देउवाले स्वास्थ्य मन्त्रालयमा मोहनबहादुर बस्नेतलाई पठाउन खोजिरहेका छन् ।
सत्तारूढ कांग्रेसले आफ्नोतर्फबाट मन्त्री बन्नेको नाम नपठाउँदा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन् । शनिबार कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच छलफलमा देउवाले विराटनगर रहेका नेता डा. शेखर कोइराला आइतबार काठमाडौं फर्किने र कांग्रेसले चार जनालाई नै मन्त्रीमा पठाउने भनेका थिए । तर, स्वास्थ्य मन्त्रालयका विषयमा देउवा प्रधानमन्त्रीसँग कुनै कुरा राखेनन् । स्वास्थ्य मन्त्रालय पनि नपाउने भए कोइराला समूह सरकार नजाने पक्षमा छ । स्वास्थ्यमा देउवा र कोइरालाबीच सहमति भए मात्र उपसभापति गुरुङ, लिम्बु सरकारमा जाने छन् ।
सुरेन्द्र आचार्यको पनि मन्त्री हुने नहुने टुंगो छैन । समय घर्किँदै गएको र कोइराला समूहले थप एक मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे पनि आकांक्षी छन् । तर, आचार्य राष्ट्रपतिको कोटाबाट आएकाले उनलाई मन्त्री बनाउनुपर्ने दवावमा देउवा छन् । आचार्य सुरुमा कोइराला पक्षमै रहे पनि उनी राष्ट्रपतिबाट सिफारिस भएकाले सभापतिले उनलाई मन्त्री बनाउँदा संस्थापन पक्षको कोटाबाट बनाउनुपर्ने माग कोइराला पक्षको छ ।
यसरी सहमति भएमा सहमहामन्त्री जीवन परियारले माैका पाउन सक्छन् । अब कांग्रेसको भागमा कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय बाँकी छन् । कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएकामा जनमत पार्टी सरकारबाट अलग भएपछि खानेपानी मन्त्रालय पनि थपिएको हो । उद्योग मन्त्रालय नपाएपछि जनमत चैत १७ मा सरकारबाट बाहिरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार