प्रहरीद्वारा सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण
नेपालबहस संवाददाता
बैशाख १७, २०८० आइतबार १५:१२:१०
प्रहरीद्वारा सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण
१७ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन 'इन्टरपोल' स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने क्रममा नेपाल प्रहरी पहरा गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली तथा आरोहण दलले छ हजार एक सय १९ मिटर उचाइको सोलुखुम्बुको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।
सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने योजनाअन्तर्गत इन्टरपोलको एक सयौँ सदस्य राष्ट्र नेपालका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झन्डा फहराउन उनी आरोहणमा संलग्न छन् ।
उनलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत चैत ३० गते नेपाल प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवम् आरोहणमा प्रयोग हुने सामग्री हस्तान्तरण गरी बिदाइ गरेका थिए ।
नेपाल प्रहरीमा हिमाली शाखा स्थापना भई प्रहरी कर्मचारी र नेपाल प्रहरी परिवार सङ्घका पदाधिकारीले समेत विभिन्न हिमाल सफलतापूर्वक आरोहण गर्नाका साथै सगरमाथा सफाइ अभियानमा सहभागी भएको र विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतका रुपमा भूमिकासमेत निर्वाह गरिसकेको छ ।
आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरुपमा ऐक्यबद्धता रहेको भन्ने सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवद्र्धन भई अर्थतन्त्रमा थप टेवा पुग्नाका साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकमा थप सुरक्षाको अनुभूति बढ्ने विश्वास रहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बताए ।
पहिलो पटक विसं २०३१ सालमा प्रहरी कर्मचारीका नौ सदस्य टोलीले छ हजार नौ सय २० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । हिमाली भेगको सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई सक्षम बनाउने उद्देश्यका साथ विसं २०३३ मा नेपाल प्रहरी पर्वतारोहण तथा साहसिक प्रतिष्ठान स्थापना भएको थियो ।
त्यसपछि नेपाल प्रहरी कर्मचारीको २७ सदस्य टोलीले विसं २०३३ असोज १६ गते र नेपाल प्रहरी महिला दलको ३१ सदस्य टोलीले विसं २०४१ भदौ २६ गते छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार