नेपाली डकुमेन्ट्री को-हजवेन्डलाई १ करोड ३० लाख राशीको पुरस्कार
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार ११:५:२९
१८ वैशाख, काठमाडौं । पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशीको पुरस्कार जितेको छ । जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो ।
‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठूलो उपलब्धिमुलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको छ,’ पाण्डेले फेसबुकमा लेखेका छन, ‘जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा एक हजार डलर नगदको ब्रोन्ज अवार्डसहित मैले एक लाख डलर ९एक करोड ३० लाख नेपाली रुपैंया० बराबरको फिल्म फण्डिड पनि जितेको छु।’ उनका अनुसार सो पुरस्कार अब बनाउने डकुमेन्ट्री फिल्मका लागि प्राप्त भएको हो ।
‘नेपाली डकुमेन्ट्री फिल्मले एक लाख डलरको फण्डिङ प्राप्त गर्नु नेपाल र नेपालीका लागि पनि निकै सुखद खबर हो’ उनले अगाडी लेखेका छन, ‘आज को–हजबेण्ड निर्माणका क्रममा पटक पटक गरी हुम्ला जिल्लामा बिताएको दुइ महिने कठिन दिनलाई सम्झेको छु । को–हजबेण्ड निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने सबैमा हार्दिक धन्यवाद ।’
यसैगरी, क्यानडाको गेटवे फिल्म महोत्सवमा पनि आज नै को–हजबेण्डले प्रथम पुरस्कार अर्थात बेष्ट डकुमेन्ट्री फिल्म जितेको उनले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार