खुल्यो तातोपानी नाका, नेपाली सामानको निर्यात सुरु
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार ११:७:५३
१८ वैशाख, सिन्धुपाल्चोक । सोमबारदेखि तातोपानी नाका खुलेको छ । नाका खुलेसँगै नेपालबाट तीन कन्टेनर हस्तकला लगायतका सामग्री खासा पठाइएको छ । २० ०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट आजदेखि नेपालले पनि सामान पठाउन थालिएकोे छ । आज हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यसअघि भएको मौखिक सहमतिअनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको हो । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुँदै आएका िथए ।
उनले अहिले तत्काललाई तीन कन्टेनर चीनको खासा र ल्हासाक्षेत्र पुग्न लिपिङबाट मितेरी पुल पार गरेको बताए । आजबाट नाकाबाट निर्यात खुलाइएको छ, दुवैतर्फ कन्टेनर आउजाउ चलेको छ,’ प्रजिअ न्यौपानेले भने । सोमबार मितेरी पुल पारीक्षेत्रको चीनको झाङ्मु पोर्ट, पार्किङ, पुनर्निर्माण भइरहेका बजार इलाका भेगमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा चिनियाँहरू बाक्लो रुपमा उपस्थित थिए ।
चीनबाट न्यालम प्रमुखसहित बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङजस्ता उच्च अधिकारीले चीन क्षेत्रमा कार्यक्रम गरेका छन् । नेपालबाट भूकम्पको आठ वर्षपछि निर्यात थालिँदा मितेरी पुलमा चीन र नेपालतर्फका सीमाक्षेत्रका सुरक्षाकर्मी र भन्सार अधिकारी उपस्थित भएर सामान्य कन्टेनर पठाइएको हो ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोस श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बीओपी)का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीय उपस्थित थिए । मितेरी पुलमा चीनको न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यानलगायतका अन्य अधिकारी पनि सहभागी भएका थिए ।
भूकम्प गएको चार वर्षपछि मालवाहक रुपमा बल्ल खुलेको तातोपानी नाकामा सडक, बन्दरगाहदेखि मितेरी पुल चीनको दुई कम्पनी ताइन सुन र सीआरसीसीले बनाइदिएका थिए । १५ चैतमा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
माघ ५, २०८१ शनिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार