रास्वपाको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार ११:३३:२७
१८ वैशाख, काठभमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको छ । बैठकमा सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने एजेन्डामा निर्णय लिइँदैछ ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई औपाचारिक रुपमा भएको भेटमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गर्दै आइरहेका बेला बैठक बसेको हो । मुख्य रुपमा बैठकमा सरकारमा सहभागी हुने या नहनुबारे छलफल भइरहेको महासचिव मुकुल ढकालले बताए ।
केन्द्रीय समितिपछि आजै दिउँसो ३ बजे पार्टीको संसदीय दलको बैठक पनि बस्दैछ । बैठकले पार्टी सभापति एवं सांसद रबि लामिछानेलाई दलको नेता चयन गर्ने निश्चित भएको छ । दल नेता रहेका उपसभापति डोलप्रसाद अर्याले गत साता मात्र राजीनामा दिएका थिए । वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछानेकै लागि रिक्त गरिएको ठानिएको छ । लामिछानको सबै पदन गएपछि पार्टीले दलको नेताको जिम्मेवारी अर्याललाई दिइएको थियो ।
रास्वपा यसअघि माघ २२ मा सरकारबाट बाहिरिएपनि सरकारलाई समर्थन जारी राखेको छ । पार्टीभित्र पुरानै मन्त्रालय पाएको खण्डमा सरकारमा जानुपर्ने एकथरि र अर्कोथरि सरकारबाहिर बसेर पार्टी संगठन विस्तार र जनपक्षीय सरोकारका विषयमा सशक्त आवाज उठाउनुपर्ने धारणा रहेको छ ।
तर सभापति लामिछाने भने सरकार जाने पक्षमा देखिएका छन् । उनी यसअघि नागरिकता मुद्दामा उपप्रधान तथा गृहमन्त्री पद गुमाएका नेता हुन् । योपटक उनले पुनः उपप्रधानमन्त्रीसहित गृह ताकेका छन् ।
सरकारलाई दिँदै आएको समर्थन र सरकारमा सहभागी हुने वा नहुनेबारे हिजो आइतबार मात्र बालुवाटारमै पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर छलफल गरेका थिए । सरकारबाहेक मुख्य लक्ष्य नरहने संसदीय दलको विशेषताका कारण रास्वपाको आजको बैठकले सरकारमा जाने पक्षमै निर्णय लिने राजनीतिक विश्लेषकहरुको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार