उजुरी दिन मिटरब्याज पीडितसँग रामेछाप प्रशासनकाे आग्रह
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार ११:५८:५५
१८ वैशाख, काठमाडौं । सरकारले हरेक जिल्लामा मिटरब्याज (अनुचित लेनदेन) पीडितको खोजी तीव्र पारेको छ । खोजीका लागि गृहमन्त्रालयले शुक्रबार मात्र स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो ।
पीडितका तथ्यांक संकलन र उजुरी लिन सरकारले शनिबार नै मधेश प्रदेशको जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगको केन्द्रीय कार्यालय संचालनमा लाइसकेको छ ।
अहिले जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक जारी गरी पीडितको खोजी र पीडितलाई उजुरी दर्ताका आउन उर्दी जारी गरिरहेको छ । सोही क्रममा रामेछाप जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गरेको छ । जिल्लाभित्र मिटर ब्याज पीडित भए सबुद प्रमाणसहित यही वैशाख ३१ गतेभित्र उजुरी दिन आह्वान सूचनामा गरिएको छ ।
उजुरी दर्ताका लागि कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष समेत स्थापना भएको र त्यहाँ आएर उजुरी दिन सकिने जनाइएको छ । पीडितले प्रमाणसहित आयोगमा गएर उजुरी दिन सकिने पनि जनाइएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) अनिता निरौला छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार