‘बहिर्गमित लडाकुलाई राहत दिने निर्णय मेरो होइन’
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १२:१६:२२
१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहिर्गमित लडाकुलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन् ।
सोमबार चितवनमा आयोजित ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पहिलेका सरकारले गरेको निर्णयलाई आफूले कार्यान्वयन मात्र गर्न लागेको बताए ।
‘पूर्वलडाकुलाई रकम दिने निर्णय २०७१ को सरकारका अर्थमन्त्री विष्णु पौडेलले गरेको हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तत्कालीन समयमा सरकारमा रहेको कांग्रेस एवं एमालेले नै यो विषयमा निर्णय लिएको हो ।’ अहिले यसलाई तिनै पार्टीले निहुँ बनाएर के गर्न खाजेकाे आफूले बुझ्न नसकेकाे उनको भनाइ थियो ।
अर्को प्रसंगमा उनले अहिलेको गठबन्धन सरकार पाँचै वर्षसम्म चल्ने दाबी गरे । भने, ‘यो सरकार पाँच वर्ष यताउति हुँदैन, भ्रम पाल्नु पर्दैन ।’
आइतबार नै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लडाकुलाई पैसा दिने विषयबाट पछि नहट्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार