भाउजुको हत्या आरोपमा पक्राउ परेका देवरलाई जन्मकैद
घटनाबारे बयान फेर्ने पतिलाई पनि सजाय र जरिवाना
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १३:१५:२५
१८ वैशाख, काठमाडौं । शरीरमा पेट्रोल खन्याई जलाएर भाउजुको हत्या गरेको आरोपमा दायर मुद्दामा एकजनालाई जन्मकैद सजाय फैसला भएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको एकल इजलासले बोदेबर्साइन नगरपालिका–१ का २२ वर्षीय परमेश्वर साहलाई भाउजु २७ वर्षीया राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाई ज्यान मारेको कसुरमा आइतबार भएको सुनुवाइमा दोषी ठहर भई जन्मकैद सजाय सुनाएको हो । पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।
मृतकका पति रबिनलाई भने झुटो वकपत्र दिएको कसुरमा दोषी गरिएको छ । उनलाई ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरको छ । ५ वर्षीया छोरी पूजा र उनले राजकुमारीलाई परमेश्वरले आगो लगाएर हत्या गरेको भनी पहिले दिएको बयानमा रबिनले भने परमेश्वरलाई बचाउन बयान फेरेपछि झुटो वकपत्रमा दोषी ठहर गरिएको हो ।
घरायसी विवादमा २०७८ साल माघ २१ गते घरमा खाना पकाइरहेका बेला देवर परमेश्वरले पेट्रोल खन्याइ आगो लगाइदिँदा राजकुमारी गम्भीर घाइते भएकी थिइन् । घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याउँदा उनको ज्यान गएको थियो । मृत्युपछि मृतक राजकुमारीकी बाबु बद्रीले परमेश्वरविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा परमेश्वर गत वर्ष जेठ १५ मा पक्राउ गरिएकाे थियाे ।
पछि असार ११ मा भएको थुनछेक सुनुवाइमा न्यायाधीश रिताकुमारी बखरेलको एकल इजलासले परमेश्वरलाई मुद्दा पूर्पक्षका लागि जेल पठाएको थियो । सो मुद्दामाथि अन्तिम टुंगो लगाउँदै अहिले सजाय निर्धारण भएको हो । नयाँ व्यवस्थाले जन्मकैदको अवधि २० बाट बढाएर २४ वर्ष बनाएको छ ।
सरकार वादी रहने कर्तव्य ज्यान मुद्दामा अधिवक्ता किरणकुमारी साह, अशोक चौधरीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता बालकिशोर यादव र बिमल साहले बहस गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार