उपमेयरको गाडीले किचिएर धनुषामा १४ महिने बालिकाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १३:३३:५१
१८ वैशाख, काठमाडौं । उपमेयर चढ्ने गाडीले किचिएर धन्ुषामा १४ महिने बालिकाको मृत्यु भएको छ ।
हंसपुर नगरपालिकाकी उपमेयर दुर्गादेवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सुमोले किचिँदा हंसपुर नगरपालिका–९ रुदौलीका रवीन्द्र मण्डलकी छोरी लक्ष्मीनिया कुमारी मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको पुष्टि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले गरेका छन् । उनका अनु्सार घटना आइतबार दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु बालिका उपमेयर दुर्गादेवीको नातिनी हुन् ।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ का ३० वर्षीय दीपेन्द्रकुमार राय र गाडी नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । घटनाका बेला गाडीमा को को थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्गादेवी गत वर्ष वैशाख १० मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उपमेयरमा विजयी भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार