गुणस्तरीय वस्तुहरु उत्पादन गर्नुहोस्, विश्व बजारले आफैँ माग्ने छ : उपराष्ट्रपति पुन
इन्द्र रिजाल
चैत २५, २०७५ सोमबार २३:७:४७
फलाम तथा स्टीलजन्स सामाग्रीमा वार्षिक रु ४५ अर्ब भन्दा बढीको आर्थिक कारोबार
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशभित्र उत्पादन हुने फलाम तथा स्टीलजन्य सामाग्री गुणस्तरीय बनाउन आग्रह गरेका छन् । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा आयोजना गरेको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अपार सम्भावना रहेको बताए ।
विश्व बजारमा नेपाली उत्पादनका माग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा ग्रील तथा स्टील व्यवसायीले पनि गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए । उपराष्ट्रपतिले भने, “विश्व बजारमा आज पनि नेपाली वस्तुहरु निर्यात भइरहेकै छन् । तर, अपेक्षित छैन । भनिन्छ, विश्वबजारमा नेपाली वस्तु निर्यात नहुनुको पहिलो कारण उत्पादन नै नहुनु हो, दोस्रो कारण गुणस्तरीय नहुनु । ग्रील तथा स्टील व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गर्नुहुनेछ । किनकी यहाँहरुले उत्पादन गर्ने वस्तुलाई मानिसहरुले जीवनको सुरक्षाका लागि प्रयोग गरिरहेका छन् ।”
एक अर्को प्रसङगमा व्यापार घाटा न्यूनीकरण गर्दै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिएका छन् । उनले भने, “ग्रील तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्दैछौँ भन्ने सुन्दा मलाई गौरवको अनुभूति भइरहेको छ, तर यथार्थ के हो भने फलाम र स्टील भने हामीले आयात गरिरहेका छौँ । हाम्रा पूर्खाले सञ्चालन गरेका तामा र फलाम खानी अहिले इतिहास बनेका छन् । सुन, चाँदी, यूरेनियम, पेट्रोल, डिजेल, ग्यास तथा बहुमुल्य धातु हाम्रो जमिनभित्र छन् भन्ने थाहा छ । तर, सदुपयोग गर्न सकिरहेका छैनौँ ।” नेपालमै उत्खनन भएको फलाम तथा स्टील प्रयोग गर्नुको बिकल्प नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालमै रहेका खानीको उत्खनन् गर्न सबैको ध्यानाकर्षण गराए ।
उनले पर्यटनको विकास, जडिबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन् गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ढिला गर्न नहुनेमा जोड दिए । प्रविधिको विकास नै आजको विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै उनले प्रविधिको आविष्कार र प्राविधि भित्र्याउनेतर्फ सबैको सामूहिक प्रयत्नको खाँचो औँल्याए ।
“सरकारी नीतिको अभावमा सबै व्यवसायी कानूनी दायरामा नआउनु, व्यवसायीकरण र प्रतिस्पर्धीभन्दा निर्वाहमुखी हुनु, आधुनिक प्रविधिको अभावमा गुणस्तरीय सामाग्री दिन नसक्नुलगायत समस्या यहाँहरुले भोगिरहनु भएको छ । यसमा सरकार गम्भीर हुनेछ र सबै समस्याहरु समाधान हुँदै जानेछन्”– ग्रील तथा स्टील क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरेर कानूनी तथा नीतिगत सुधारमा सरकारले प्रयास जारी राखेको जानकारी दिँदै उपराष्ट्रपतिले भने । यस क्षेत्रमा दक्ष र अदक्ष गरी करिब एक लाख ६० हजार जनशक्तिका लागि रोजगारी सिर्जना र वार्षिक रु ४५ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको ग्रील तथा स्टील व्यवासयी महासङ्घले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
माघ १०, २०८१ बिहिबार
सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीले अब थप ४ हजार डलर तिर्नुपर्ने !
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण: लामिछानेको थुनछेक बहसमा आधा दर्जन सरकारी वकिल सहभागी
माघ १०, २०८१ बिहिबार
जिससका पदाधिकारीलाई राष्ट्रपतिले भने, जनता र विकासका पक्षमा काम गर्नुहोला
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार