फ्लाइङ स्कूल सञ्चालन गर्न २ संस्थालाई अनुमति
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार ११:३४:५४
१९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फ्लाइङ स्कूल (पाइलट) संचालनका लागि अनुमति दिएको छ । मन्त्री सुदन किरातीले हालै मात्र शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसनलाई ‘कार्यविधि संशोधन’ गरेर हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालन इजाजतपत्र दिने निर्णय गरेका हुन् ।
साथै, अन्य इच्छुक संस्थाहरूलाई पनि आवेदनका लागि आह्वान गरेका छन् । दुई संस्था वर्षौंदेखि अनुमति पाउन मन्त्रालय धाउँदै आइरहेका थिए ।फ्लाइङ स्कुल सञ्चालनसम्बन्धी कानुन नबनेको कारण देखाउँदै मन्त्रालयले इजाजत जारी गर्न मानेको थिएन ।
‘मन्त्री किरातीले नागरिक उड्डयनसम्बन्धी संस्थालाई इजाजत दिनेसम्बन्धी कार्यविधि’ संशोधन गर्दै इजाजतपत्र जारी गरी फ्लाइङ स्कुल सञ्चालनका लागि ढोका खुला गरिदिएको चन्द्र सूर्य एभिएसनका सञ्चालक मानबहादुर थापाले बताए ।
झण्डै डेढ दशकअघि नेपालमा चितवनकोभरतपुरमा पहिलो फ्लाइङ स्कुल भरतपुरमा शिवानी एयर फ्लाइङ स्कुल संचालन भएको थियो । तर विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिन नसक्दा बन्द भएको थियो ।
हालसम्म नेपाली पाइलटहरु विदेशमा अध्ययन र तालिम पूरा गरेर व्यवसायिक उडान गर्दै आइरहेका छन् । नेपाली विद्यार्थीले पाइलट अध्ययन गर्दा र व्यावसायिक उडानमा रहेका पाइलटहरूले नियमित गर्नुपर्ने पीपीसी (पाइलट प्रोफिसेन्सी चेक) र टाइप रेटिङ लगायतका तालिममा नेपालबाट झण्डै एक खर्ब रुपैयाँ विदेश पठाउँदै आएको मन्त्रालयका एक अधिकारीले बताए ।
एक जना पाइलटले १५ महिनाको पाइलट कोर्ष पूरा गर्दा ४५ देखि ७० लाख रुपैयाँसम्म विदेशका स्कूललाई तिर्नुपर्ने हुन्छ भने बसोबास र खाना लगायतमा १ करोडसम्म खर्च हुन्छ । अब नेपालभित्र संचालन हुने स्कूलमा विदेशी विद्यार्थीलाई समेत ल्याउने गरी लाग्नुपर्ने उनले बताए । अबको ४ वर्षभित्र फ्लाइङ स्कूल चलाइसक्नुपर्ने बताइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार, हाल नेपालमा अमेरिका, फिलिपिन्स र दक्षिण अफ्रिकाका फ्लाई स्कुलबाट हवाई उडान प्रशिक्षण लिएका पाइलटहरू नेपालमा जहाज तथा हेलिकोप्टर उडाउँदै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार