गण्डकीमा अझै गठन भएनन् विषयगत समिति
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार ११:३९:४९
१९ बैशाख, काठमाडौं । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार महिना बितिसक्दा पनि मिनी ससंद् मानिने विषयगत समितिहरु गठन हुनसकेका छैनन् । विषयगत समिति गठनमा ढिलाइ हुँदा कानुन निर्माणदेखि ससंदीय काम–कारबाही प्रभावित हुने देखिएको छ ।
विषयगत समिति नबन्दा सरकारले ल्याउने विधेयक दोहोरो बहस र छलफलबिनै सोझै सदनबाट पारित गर्नुपर्ने स्थिति छ । प्रदेशसभा सदस्यहरू नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका छैनन् । प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले विषयगत समिति गठनमा केही ढिलाइ भएको बताए ।
प्रदेशसभा नियमावली मस्यौदाका लागि समिति गठन भइसकेकाले अब छिट्टै विषयगत समितिको पनि टुंगो लाग्ने उनले बताए । यो बीचमा सरकार फेरबदलदेखि राजनीतिक घटनाक्रम बढी भएका नियमावली मस्यौदा समितिको काम पनि प्रभावित बनेको उनको भनाइ छ ।
प्रदेशसभा नियमावलीको मस्यौदा निर्माणका लागि प्रदेशसभाका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको छ । संयोजक थापाले प्रदेश सरकारले पूर्णता पाउनासाथ नियमावली मस्यौदाको कामलाई अगाडि बढाइने सचिवालयका प्रवक्ता सुवेदीले बताए ।
उनले भने, ‘समितिको दुईवटा बैठक बस्यौँ, ज्येष्ठताका आधारमा अहिले म संयोजक छु, अब समितिले नै नयाँ संयोजक चुन्छ । प्रदेशसभा नियमावली पुनःलेखनपछि विषयगत समिति तुरुन्तै गठन हुन्छ ।’ विषयगत समितिको सङ्ख्या थपघट, नाम, कार्यक्षेत्र हेरफेर आदिको निक्र्योल नियमावलीअनुसार हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार