जग्गा नापजाँच सुरु भएपछि स्थानीय बासिन्दा खुसी
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १२:४५:४०
१९ वैशाख, मध्यविन्दु । नवलपरासी 'बर्दघाट सुस्तापूर्व'को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।
सेतापानीमा विसं २०६१÷६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन पाए पनि अहिले नापीको काम नै सुरु हुँदा अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको स्थानीय यादवकुमारी महतोले बताए । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजीमा सेतापानी पुगेकी महतोले विगतमा बस्ती बस्दा गर्नुपरेको सङ्घर्ष निकै कहालीलाग्दो भएको स्मरण गरिन ।
“स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्द्वकाल थियो निकै डर लाग्थ्यो”, उनले भनिन, “के गर्ने उता नारायणीले बगायो । यही सबै सहेर बसेको, अब त नापीको काम सुरु भयो । मेयरसरहरू पनि आउनुभएको छ । अबचाहिँ जग्गा पाउँछ भन्ने विश्वास लागेको छ ।”
स्थानीय लक्ष्मी विकले जग्गाधनी पुर्जा नहुँदा निकै समस्या भोगेको जनाउँदै अब सजिलो हुने बताइन् । उन्नाइस वर्षदेखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउँदा खुसी लागेको स्थानीय राधिका चौधरीले सुनाइन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम सुरु भएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।
“नगरपालिकाको सबैभन्दा बढी भूमिसम्बन्धी समस्या रहेको मध्यविन्दु–१ को सेतापानीबाट नापीको काम सुरु गरिएको छ”, उनले भने, “जहाँ ४० भूमिहीन दलित, ७३ भूमिहीन सुकुम्बासी र छ सय ४३ अव्यवस्थित बसोवासीले समास्या समाधानका लागि फारम भरेका छन् ।”
मध्यविन्दु–१ बाट सुरु भएको नापीको कामलाई थप जनशक्तिको व्यवस्थापन गरी अन्य वडाबाट समेत गरी दुई स्थानबाट एकैसाथ अगाडि बढाउने योजनामा नगरपालिका रहेको नगरप्रमुख अधिकारीले बताए । लामो समयदेखि राजनीतिक मुद्दामा सीमित बनेको भूमिसम्बन्धी समस्या समाधानको चरणमा प्रवेश गरेको अधिकारीले बताए ।
जग्गा नापीको काम भइरहँदा हुनसक्ने समस्या समाधानका लागि स्थानीयस्तरमा सहजीकरण समिति गठन गरिएको वडाध्यक्ष तिलकराम न्यौपानेले बताए । विभिन्न स्थानमा प्वाइन्ट निर्धारण गरेर नापीको काम सुरु भएको अमिन सरोजप्रसाद कुशवाहले बताए । “जग्गाको भौगलिक बनावट, जग्गाको साँधियारबीचको समझदारीलगायतका आधारमा जग्गा नापजाँचका लागि कति दिन लाग्ने भन्ने निर्धारण हुने छ”, उनले भने ।
मध्यविन्दु नगरपालिकाले जग्गा नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट प्राप्त जनशक्तिसँगै स्थानीयस्तरमा सर्वेक्षकसहितको प्राविधिकसमेत नियुक्त गरी जग्गा नापजाँचको काम अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहीन दलित, एक हजार एक सय ३२ भूमिहीन र छ हजार दुई सय ७२ अव्यवस्थितले बसोबासका लागि फारम भरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार