पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १३:२२:२६
१९ वैशाख, गण्डकी । पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु भएको छ । पाँच हप्ते लामो क्याम्पमा विभिन्न विद्यालयका एक सय १८ विद्यार्थी सहभागी छन् । ती मध्ये ५२ जना अन्य मार्सल आर्ट खेलसँग सम्वद्ध रहेको मुआथाईका अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
उनीसहित ज्ञानेन्द्र सिंह, अनिश बुढामगर, सुष्मा चौधरी, अर्मान गुरुङ र आयुष गुरुङले निःशुल्क रूपमा सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षक क्षेत्रीले निःशुल्क टिसर्ट, पानीको बोतल, झोला र किट्स सहभागीलाई निःशुल्क प्रदान गरेका छन् ।
क्याम्पलाई नेपाल मुआथाई सङ्घ गण्डकी प्रदेश र नेपाल राष्ट्रिय मुआथाई सङ्घको सहयोग एवम् समन्वय रहेको छ । थाइल्याण्डबाट सुरु भएको यो खेल हाल विश्वभर फौलिएको छ । तेह्रौैँ शताब्दीमा युद्धकला सिक्न सुरु भएको मुआथाईलाई १८औँ शताब्दीमा तत्कालीन राजाहरूले खेलकोरूपमा विकास गरेका थिए । विश्वकै पहिलो प्राथमिकताको मार्शल आर्ट खेलकोरूपमा विकास भएको र यसबाट थाइल्याण्डको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको बताइन्छ । विश्वका सयौंँ मार्शल आर्ट खेलाडी यो खेल सिक्न थाइल्याण्ड पुग्ने गरेका छन् ।
नेपालमा पछिल्ला समयमा विस्तारै यो खेलको विकास हुँदै आएको छ । उक्त क्याम्प शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यसबाट विद्यार्थीभित्रको अन्तर्निहित खेल क्षमता उजागर गर्न सहयोग पुग्ने बताए । आत्मरक्षा र खेल विकासका लागि समेत क्याम्प उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले निःशुल्करूपमा आयोजित यस प्रशिक्षणलाई अन्य खेलकुद सम्वद्ध संस्थाले समेत आत्मसात गर्नुपर्नेमा जोड दिए । खेलकुदका प्रदेश निर्देशक कृष्ण तिमिल्सिना, सिनियर मार्शल आर्ट प्रशिक्षक शिव गुरुङलगायतले खेलको महत्वबारे चर्चा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
पदक विजेता खेलाडी स्वदेश फिर्ता
असोज ८, २०८१ मंगलबार
चीनले आर्चरी, उसु र कुस्तीमा नेपाललाई सहयोग गर्ने
भदौ २५, २०८१ मंगलबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
बाढी र पहिरोमा परेकोको उद्दारका लागि सशस्त्रबाट १६ सय ३० जना प्रहरी परिचालित
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार