विद्युत् प्राधिकरणले पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १३:२९:५
१९ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।
करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरेका हुन् ।
जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको छ ।
प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्ता ट्रान्सफर्मरबाट विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार