बिहान बुबा समातिए, दिउँसो छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १३:४०:२८
१९ वैशाख, काठमाडौं । प्रहरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रूपैयाँ ठगीमा संलग्न रहेको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार बिहान इन्द्रजितलाई पक्राउ गरेपछि उनका छोरा निरजको नाममा प्रहरीले पक्राउ पुर्जी जार गिरेको हो ।
निरजलाई नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै रकम असुल गर्ने गिरोहका मुख्य योजनाकारको रुपमा प्रहरीले खोजिरहेको छ । निरजले आफ्ना बाबु गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार भएको भन्दै गिरोहलाई सघाउने र पैसा उठाउने काम गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । छोरा निरजसहित उनलाई पक्राउ गर्ने कोसिस प्रहरीले गरे पनि निरज नभेटिएपछि प्रहरीले बुबा इन्द्रजितलाई पक्राउ गरेको थियो ।
नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईका बाबुछोरा पनि अनुसन्धानमा तानिएका थिए । निरज व्यापारी समेत हुन् । उनी नेपाल बाहिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ । इन्द्रजित भने सौखेलस्थित निवासबाटै पक्राउ परेका थिए । तर निवासमा छोरा निरज भने प्रहरीले भेटेन ।
२०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म रकम असुल्न मार्ग प्रशस्त गरिदिएको बयानमा खुलेको छ । प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर पाँच करोड रूपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।
यो गिरोहलाई आफूले समेत मन्त्रालय तहमा विभिन्न कठिनाइ आइ पर्दा सहयोग गरेको र गिरोहका नाइके दुलाल, भण्डारीसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले स्विकारिसकेका छन् । पक्राउ परेका मध्ये दुलाल तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए भने भण्डारी ऊर्जा मन्त्री रायमाझीकै सहयोगी थिए ।
बयानमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिक र इन्द्रजितका छोरा निरजको नामसमेत रकम संकलनकाे मध्यस्थकर्ताका रुपमा आइसकेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा गिरोह सञ्चालन र रकम असुलीमा राईको प्रत्यक्ष संलग्नता रहेको प्रमाण पाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार