प्राप्ति पश्चात प्रभु बैंकमा देखिएन सिनर्जी इफेक्ट, खराब कर्जा रेड जोनमा पुग्दा वितरणयोग्य मुनाफा नै ऋणात्मक
आर्थिक संवाददाता
बैशाख १९, २०८० मंगलबार १५:४:२४
१९ वैशाख, काठमाडाैं । प्रभु बैंकको वित्तीय अवस्था दिन प्रतिदिन ओरालो लाग्ने क्रममा छ । खराब कर्जा साढे ३ प्रतिशत पुगिसकेको छ भने वितरण योग्य मुनाफा ऋणात्मक हुँदा लगानीकर्ता निराश भएका छन् । मर्जर भएर ठूलो पूँजी भएको कम्पनी देखिए पनि आधारभूत सूचकहरू त्यति सबल देखिएका छैनन् ।
बैंकले केही समय अघि सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको थियो । प्राप्ति पश्चात् बैंकमा सिनर्जी देखिनु पर्ने साटो बैंक उल्टो गतिमा हिँड्न थालेको विभिन्न तथ्याङ्कले देखाएको छ । मर्जरले वासलात ठूलो देखिए पनि आधारभूत रूपमा बैंकले प्रगति गर्न सकेको छैन ।
यस बैंककाे संचालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला रहेका छन् । त्यस्तै अन्य संचालकमा रमेश सिंह खड्का, मनबहादुर राई, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा, अभिषेक बज्राचार्य र डा. गीता प्रधान कार्यरत छन् । त्यस्तै उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शेरचन कार्यरत छन् ।
आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरणलाई दाँजेर हेर्दा :
खुद मुनाफा :
चालु आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासमा यस बैंकले १ अर्ब ९५ करोड रूपैयाँ मुनाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा मुनाफा १ अर्ब ७५ करोड रूपैयाँ थियो । एक वर्षको अवधिमा मुनाफा ११ दशमलव ५१ प्रतिशतले बढेको छ । याे पनि मर्जरका कारणले गर्दा कमाएकाे देखिएपनि सारभूत रूपमा मुनाफा नगन्य हाे ।
PRVU | Report Based on Q3, FY : 79/80 | ||
Prabhu Bank Limited | FY 2079/80 | FY 2078/79 | Diff |
Third QT | Third QT | % | |
Income Statement (Rs in 000) | |||
Net Interest Income | 6,681,426 | 4,323,123 | 54.55 |
Operating Profit | 2,719,485 | 2,560,635 | 6.20 |
Net Profit | 1,954,625 | 1,752,923 | 11.51 |
Distributable Profit | -182,956 | ||
Annualized EPS (Rs) | 11.07 | 18.39 | -39.80 |
प्रतिशेयर आम्दानी :
बैंकको प्रतिशेयर आम्दानी ११ रूपैयाँ ०७ पैसामा झरेकाे छ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १८ रूपैयाँ ३९ पैसा थियो । यसरी प्रतिशेयर आम्दानीमा ४० प्रतिशतको गिरावट आएको छ ।
वितरण योग्य मुनाफा :
बैंकको वितरण योग्य मुनाफा १८ करोड २९ लाख ऋणात्मक रहेको छ ।
कर्जा तथा अन्य नोक्सानीको व्यवस्था :
गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७ करोड ९६ लाख कर्जा तथा अन्य नोक्सानीको व्यवस्था फिर्ता (आम्दानी) गरेको बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५७ करोड व्यवस्था (खर्च) गरेको छ । खराब कर्जा वृद्धि हुँदा यो शीर्षकमा धेरै व्यवस्था गर्नु पर्ने हुन्छ ।
रिटेण्ड अर्निङ्ग :
बैंकको रिटेण्ड अर्निङ्ग १८ करोड २९ लाख ऋणात्मक रहेको छ ।
जगेडा कोष :
बैंकको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ९० प्रतिशतले वृद्धि हुँदै १० अर्ब २७ करोड पुगेको छ ।
PRVU | Report Based on Q3, FY : 79/80 | ||
Prabhu Bank Limited | FY 2079/80 | FY 2078/79 | Diff % |
Third QT | Fourth Qt | % | |
Balance Sheet (Rs in 000) | |||
Share Capital | 23,542,490 | 12,708,704 | 85.25 |
Share Premium | 0 | 0 | |
Retained Earnings | -182,956 | 1,032,974 | -117.71 |
Reserves | 10,270,952 | 5,406,072 | 89.99 |
Deposits from Customers | 277,451,905 | 178,652,185 | 55.30 |
Loan and Advances to Customers | 242,539,775 | 145,381,571 | 66.83 |
Book Value (Rs) | 142.85 |
निक्षेप / कर्जा :
गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा निक्षेप संकलन ५५ दशमलव ३० प्रतिशतले वृद्धि हुँदै २ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६६ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ४२ अर्ब पुगेको छ ।
PRVU | Report Based on Q3, FY : 79/80 | |
Prabhu Bank Limited | FY 2079/80 | FY 2078/79 |
Third QT | Third QT | |
Ratios (%) | ||
Capital Fund to RWA | 11.63 | 13.08 |
CD Ratio | 84.80 | 82.11 |
Non Performing Loan | 3.48 | 1.21 |
Cost of Fund | 8.40 | 6.77 |
Base Rate | 11.07 | 9.29 |
Spread Rate | 5.16 | 3.87 |
खराब कर्जा :
चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको खराब कर्जा ३ दशमलव ४८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा खराब कर्जा १ दशमलव २१ प्रतिशत थियो ।
प्रभु बैंकको वित्तीय अवस्था नाजुक भएपछि ठूला संस्थापक शेयरधनी बाहिरिदै, गुन्द्रुकको भाउमा ५ लाख कित्ता शेयर बिक्रीमा |
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार