उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १३:४५:५४
२० वैशाख, काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरले मध्याह्न पक्राउ गरेको हो । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।
उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । प्रहरीका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् । हिरासतमा रहेका गिरोहका नाइकेहरूले दिएको बयानका आधारमा उनलाई पक्राउन गरिएको हो ।
उनी गृह मन्त्रालयमा सचिव रहेका बेला बाग्लुङ, पर्वत लगायत जिल्लाका मानिसलाई नक्कली शरणार्थी बनाएर अमेरिका उडाउने धन्दा चलाएर एक गिरोहले करोडौं रकम असुल्ने काम गरेका थिए ।
प्रकरणमा यसअघि गिरोहका नाइके भनिने केशव दुलालसहित ५ जना पक्राउ परिसकेका छन् भने मंगलबार मात्र तत्कालीन गहृमन्त्री रामबहादर थापा ‘बादल’को सुरक्षा सल्लाह रहेका सुरक्षाविद् इन्द्रजित राई ललितपुरबाट पक्राउ गरिएको छ ।
राईका छोरा निरजविरुद्धलाई प्रहरीले पूर्जी बोकेर खोजी गरिरहेको छ । बादलका छोरा प्रतीक पनि यो प्रकरणमा मुछिएका छन् । उनलाई पक्राउ गर्ने नगर्नेबारे भने प्रहरीले अध्ययन गरिरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागु औषधसहित पाँचजना पक्राउ
माघ ६, २०८१ आइतबार
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
माघ ६, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
माघ ७, २०८१ सोमबार
सडक दुर्घटनामा परी बैतडीका युवकको भारतमा मृत्यु
माघ ७, २०८१ सोमबार
नेपाल बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो
माघ ७, २०८१ सोमबार
प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो
माघ ७, २०८१ सोमबार