सार्वजनिक ओहोदामा रहेकाका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १४:७:३२
२० वैशाख, सिन्धुपाल्चोक । लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
गाउँ शिक्षा समितिको निर्णयअनुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना बालबालिकालाई सात दिनभित्र सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना निकालेको छ ।
सामुदायिक विद्यालयलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तर माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने शिक्षा समितिको निर्णयसहितको सिफारिस भई आएको पालिका अध्यक्ष राजु लामाले जानकारी दिए । उनले आफ्ना बालबालिका पनि सामुदायिक विद्यालयमा भर्ना गरेको बताए ।
यही वैशाख १८ गते गाउँ कार्यपालिकाबाट शिक्षा समितिको सिफारिसअनुसार सार्वजनिक पद धारण गरेका सबैका बालबालिका सामुदायिक विद्यालय भर्ना गराउने निर्णय भएकाले सूचना प्रकाशित मितिले सात दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सोको जानकारी शिक्षा शाखामा उपलब्ध गराउन सूचनामा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
माघ ७, २०८१ सोमबार
सडक दुर्घटनामा परी बैतडीका युवकको भारतमा मृत्यु
माघ ७, २०८१ सोमबार
नेपाल बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो
माघ ७, २०८१ सोमबार
प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढ्यो
माघ ७, २०८१ सोमबार