प्रहरीद्वारा एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १४:२९:८
२० वैशाख, काठमाडौं । काठमाडौं जिल्ला प्रहरी कार्यालयले नेकपा एमालेका सचिव एवं सांसद टाेपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएर जारी गरेको हो ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । रायमाझीका बाबुछोराले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग साँठगाँठ गरेको प्रहरीको भनाइ छ ।
रायमाझीले राजनीतिक तहबाट उक्त गिरोहलाई संरक्षण दिनुका सार्थ आर्थिक लाभ लिएको प्रहरीले जनाएको छ । मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिएको थियो ।
आज नै उपराष्ट्रपति कार्यालयका सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउन गरिएको छ । उक्त गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।
पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ । उनीहरुसँगै रायमाझीका बाबुछोरा र सचिव पाण्डे पनि सामेल भएको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागु औषधसहित पाँचजना पक्राउ
माघ ६, २०८१ आइतबार
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
माघ ६, २०८१ आइतबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
शाहीको चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर विजय लामाको लुक्स सार्वजनिक
माघ ७, २०८१ सोमबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
माघ ७, २०८१ सोमबार