तनहुँ ट्रक दुर्घटनाका घाइतेमध्ये बालकसहित ३ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १५:१९:२
२० वैशाख, दमाैली । आज बिहान तनहुँको आँधीखोलामा मालवाहक ट्रकले बजार क्षेत्रका एक घरमा ठक्कर दिँदा भएका घाइतेमध्ये ३ जनाको मृत्यु भएको छ ।
बिहान ९ बजेतिर तनहुँ बन्दीपुर गाउँपालिका–५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रकले सडक छेउमा रहेको पोलमा ठक्कर दिई स्थानीय सुनमायाको घरमा ठाेक्किएर ठूलो क्षति पुर्याएकाे थियो । घरमा रहेका ११ जना घाइते भएका थिए ।
चितवनको मेडिकल कलेजमा उपचाररत घाइतेमध्ये ११ वर्षीयआयुष भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती र ७० वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको हो । मृत्युको पुष्टि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले गरेका छन् । अन्य ८ जना घाइतेमध्ये ५ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार