पार्टी पदाधिकारीविरूद्ध पक्राउ पुर्जीपछि एमाले नेता रिमालको आयाे यस्ताे टिप्पणी
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १५:२६:५१
२१ वैशाख, काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का नेता विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा आफ्नौ पार्टीका नेता कार्यकर्ता पक्राउ पर्न थालेपनि मुख खोलेका छन् । प्रकरणमाथि निष्पक्ष छानबिन हुनुपर्ने भन्दै दोषीले उन्मुक्ति पाउन नहुने नहुने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि परिचय पत्र बनाएर करोडौं रुपैयाँ उठाएको काण्डमा मुछिएपछि एमाले सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले कोसिस गरिरहेको छ ।
प्रहरीले रायमाझीको खोजी गरिरहेको बेला रिमालले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रकरणलाई राजनीतिकरण गर्न नहुने समेत स्पष्ट पार्दै कानूनको पालना सबैले गर्नुपर्ने बताएका छन् ।
‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन, कोही दोषी नउम्किउन,’ रिमालले लेखेका छन, ‘छानबिन हुनुपर्छ, यसमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ।’
यस्तै? एमालेका नेता एवं सांसद सूर्य थापाले प्रकरणमा नक्कली शरणार्थी बनाउने मात्र नभई बन्न खोज्नेलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार