शरणार्थी ठगी प्रकरणमा मुछिएका रायमाझीलाई बचाउन ओलीको चलखेल सुरु
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १५:४६:५६
२१ वैशाख, काठमार्डौं । नक्कली भुटानी शरणार्थी बनाएर करोडौं रकम ठगी गर्ने गिरोहलाई राज्यका तहबाट सघाएको आरोपमा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओली सक्रिय देखिएका छन् ।
रायमाझीलाई पक्राउन गरिए पनि सार्वजनिक नगरिएको चर्चा भइरहेको अवस्थामा ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा छलफल गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय भएको प्रधानमन्त्री समक्ष गुनासो गरेका छन् ।
उनले प्रधानमन्त्री समक्ष नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हतकडी लगाउनु आवश्यक नरहेको बताएका छन् ।
ओलीले ‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ भनेका छन् । बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने भएपनि निर्दोषलाई फसाउन खोजिएको बताएका छन् ।
उनले यो प्रकरणमा नियतवश तानिएको हो कि तनाइएको हो भनेर एमालेले पनि अध्ययन गर्ने बताएका छन् । रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएर बिहीबार अदालतबाट म्याद समेत थमाएको छ ।
नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार