रायमाझी हराएपछि अन्य दुई विशिष्टमाथि पक्राउ पुर्जी जारी गर्ने अभियानबाट पछि हट्यो प्रहरी
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार ११:३९:३०
२२ वैशाख,काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी अहिलेसम्म सम्पर्कविहीन छन् । उनी पक्राउ पर्ने डरले सम्पर्कबाहिर बसेका हुन या उनलाई लुकाइएको हो भन्ने यकिन छैन् । उनी बिहीबार बिहान पक्राउ परेको जानकारी प्रहरी स्रोतले नै दिएको थियो ।
प्रहरीको माथिल्लो स्रोतलाई उल्लेख गर्दै रायमाझी पक्राउ परेको खबर सञ्चारमाध्याम आएका थिए । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि एकाएक रायमाझी सम्पर्कबिहिन भएको बताइयो । ओलीले प्रधानमन्त्री भेटेपछि यस प्रकरणको अनुसन्धानमा सक्रिय रहेको प्रहरी प्रशासनको काम कारवाहीले नै अनुसन्धानमा राजनीतिक प्रभाव परेको देखाएको छ ।
उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार बिहीबार प्रहरीले एक पुर्वगृहमन्त्री र एक पुर्वगृहसचिवलाई पक्राउ गर्न आदलतबाट पक्राउ पुर्जी अनुमति लिने तयारीमा थियो । तर, उनीहरुका नाममा पुर्जी काट्न अदालतमा अनुमति लिन जाने प्रहरीको अभियान नै एकाएक स्थगित भएको छ । एमाले सचिव रायमाझीका नाममा पुर्जी काटिएपछि यो प्ररकण सम्लग्न अन्य राजनीतिक तहका अन्य व्यक्तिहरु जोगिने स्थिति देखिएको छ ।
प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटघाट भएपछि नक्कली शरणार्थी प्रकरणको मुद्दाले नै अर्कै मोड लिने स्थिति देखिन थालेको छ । स्रोतको भनाइमा उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि अहिले ठूलो दवावमा परेका छन् । नेकपा एमाले जस्तो ठूलो पार्टी पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको दवावले थप दोषीमाथि जाइलाग्ने कि नलाग्ने भन्ने दोधारमा गृहमन्त्री परेका छन् । यो प्रकरण २०७४ भन्दा अगाडी देखिकै भएकाले अनसुन्धानमा धेरै उच्च तहका तानिने सम्भावना थियो । तर, अब लगभग यो प्रकरणले अकै मोड लिने स्थिति पैदा भएको छ । त्यो पनि उच्च राजनीतिक तहबाटै ।
पक्राउ परेकाहरुले बयानका क्रममा एक पूर्वगृहमन्त्री र एक पुर्वगृहसचिवको नाम पनि लिएका थिए । उनीहरुकै बयानका आधारमा पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यलयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । नक्कली शरणार्थी बनाएर अमेरिक पठाउने प्रकरणका मुख्य व्यक्ति नै यो राजनीतिक हस्तक्षेपले जागिने स्थिति देखिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गृहमन्त्रालयमा कार्यलय समय सकिएपछि राती ११ बजेसम्म पनि काम हुने गरेको प्रहरीले पत्ता लगाएको छ ।
यो त अमेरिक जान नपाएकाहरुले उजुर गरेको विषय मात्रै हो । यही प्रकरणबाट धेरै नेपाली अमेरिका पुगिसकेको र भुटानी शरणाथी सम्बन्धी छानविन गर्न बनेको समितिभन्दा अगाडीका घटनाहरु बाँकी नै छन् । यी त पछि भएका घटनामा पनि थोरै मात्र भएको स्रोतको दावी छ । यसको मिहिन अनुसन्धान गर्ने आँट प्रहरीले गर्ने र राजनीतिक हस्तक्षेत्र नहुने हो भने नेपालमा अहिलेसम्मकै ठूलो ठगी काण्डको पर्दाफास हुन्छ ।
उच्च स्रोतको भनाइमा प्रहरीले पक्राउ पुर्जी काट्ने तयारी गरेका ति पूर्वगृहसचिव साँझ ८ बजेदखि राती ११ बजेसम्म मन्त्रालयमा नै बसेर यससम्बन्धी काम गर्थे । उनले गृहप्रशासन सुधारका लागि राती अबेरसम्म बसेर काम गर्ने गरेको समाचार पनि उक्त समयमा प्रकासित भएका थिए । राती ८ बजेपछि मन्त्रालय सुनसान हुने र उक्त समय पछि गिरोहका नाइकेहरु गृहमन्त्रालय छिर्ने गरेको थिए ।
ती एक पूर्वगृहमन्त्री र एक पूर्वगृहसचिवलाई नियन्त्रण लिए यो प्रकरणको थप पर्दाफास हुने स्रोतको भनाइ छ । तर, कथाले नयाँ मोड लिएकाले पक्राउ गरेकामाथि मुदद दायरनै भएपनि सामान्य धरौटीमा उनीहरु बाहिर आउने देखिएको छ । पुर्जी काट्ने तयारी गरिएकालाई पक्राउ नगर्न दवाव आएपछि प्रहरीले पनि थप जाँगर नचालाउने परिस्थिति खडा हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार