सूचना दाताको सुरक्षाका लागि सरकार गम्भीर छ : सञ्चारमन्त्री
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १३:४३:१२
२२ वैशाख, काठमाडौं । सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनादाताको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएकी छन् ।
शुक्रबार राष्ट्रिय सूचना आयोगको १६औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारी सेवा प्रवाह छरितो र पारदर्शी बनाउने काममा सरकार निरन्तर लागिरहेको बताइन् । जनताले सूचनाको माग्ने कार्यालाई सरकारी अधिकारीहरुले झन्झट मान्न नहुने बताइन् ।
उनले सूचनाको हकसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको लागि सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउँदै सरकारले सार्वजनिक सूचनाको अध्यावधिक र स्वतः प्रकाशनको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।
जनतालाई सरकारका गतिविधि र सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्न सहजता दिन सबै मन्त्रालयसँग सम्बन्धित गतिविधि जानकारी एकीकृत अनलाइन प्रणालीबाट सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार