नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्छ : सांसद चौधरी
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १५:९:२४
२२ वैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका चौधरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपालीलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जुनसुकै ओहोदाका व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन सरकारको सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली शिविरमा बाँकी रहेका शरणार्थीलाई अमेरिका पठाउने भनी तत्कालीन केपी ओली नेतृत्वको सरकारले संस्थागत रूपमा मन्त्रिपरिषदको बैठकले गरेको उल्लेख गर्दै यो प्रकरणमा तत्कालीन सरकारका नेतृत्व र विशिष्ट व्यक्तिहरुको योजनामा बनेको देखिएको उनले बताएका छन् ।
उनले प्रकरणलाई कमजोर बनाउन तत्कालीन सरकारका नेतृत्वकर्ताले प्रधानमन्त्री प्रचण्डसँग गरेको भेटघाटले तत्कालीन सरकारको नेतृत्वको समेत संलग्नता रहेको सजिलै अनुमान लगाउन सकिने उनले बताएका छन् ।
प्रकरणमा तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्रीमाथि कारबाही गर्न प्रशस्त आधार रहेको बताउँदै प्रकरणबारे नेपाली जनतालाई सत्यतथ्य जानकारी गराउन समेत माग गरेका छन् ।
‘नेपालीलाई भुटानि शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न जोसुकै व्यक्ति किन नहोस् उसलाई कानुनी कठघरामा उभ्याउनुपर्दछ । पहिलो चरणको अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकिय र उच्चपदस्थ कर्मचारीहरू तानिएका छन्’ उनले लेखेका छन्, ‘यसबाट प्रष्ट हुन्छ स्वयं सरकार नै नेपालीलाई भुटानी बनाउने काममा लागिपरेको देखिन्छ । यसैले तत्कालिन सरकारको प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहिको लागि योग्य हुनुहुन्छ । वहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याई नेपाली जनताहरूलाई जस्ताको तस्तै जानकारी गराउनुपर्दछ ।’
तत्कालीन सरकारका प्रधानमन्त्रीमा केपी शर्मा ओली र गहृमन्त्रीमा रामबहादुर थापा ‘बादल’ थिए । २९ असार २०७६ को मन्त्रिपरिषद बैठकले अमेरिका पठाएर बाँकी रहेका झापास्थित विभिन्न शिविरका भुटानी शरणार्थीको स्थायी बसोबास गर्नेबारे अध्ययन गर्न तत्कालीन गृहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
समितिले विभिन्न सुझावसहित प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन सार्वजनिक भएको छैन । यही अवस्थाबीच तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार सुरक्षाविद इन्द्रजित राई लगायतको योजनामा प्रतिवेदनमा ‘छुटेका भुटानी शरणार्थी’ र तेस्रो देश जान चाहने’ शीर्षक थप गरी सुनसरी, बाग्लुङ, कास्की, दाङ, रुकुम लगायत जिल्लाका नेपालीको नक्कली नाम राखेर उनीहरुबाट अर्बौं रुपैयाँ उठाएको घटनामा नाइके भनिएका झापाका केशव दुलाल, योजनाकार राई, तत्कालीन गहृसचिव टेकनारयण पाण्डेसहित ८ जना पक्राउ परेका छन् ।
प्रहरीले गृहका तत्कालीन सचिव रहेका हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राई लगायत अन्य विशिष्ट व्यक्तिहरुको संलग्ता देखिएको भन्दै पक्राउका लागि अदालतबाट पक्राउ पूर्जी लिने तयारी गरिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार