मण्डलामा नृत्य नाटक ‘जून’ मञ्चन [ फाेटोफिचर ]
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १७:२१:२७
२२ वैशाख, काठमाडौं । शुक्रबारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नृत्यनाटिका ‘जून’ मञ्चन भइरहेको छ। नम्रता केसीको परिकल्पना र निर्देशन नाटकमा संयोग गुरागाईंको लेखन रहेको छ।
नम्रता केसीको निर्देशन, कोरियोग्राफर र परिकल्पना रहेको नाटक ‘जून’ नृत्य नाटक मञ्चन भइरहेको छ । नृत्य नाटकमा नाच, गानको पृष्ठभूमिमा टेकेर नारी चेत, विद्रोही र साहसी भावको प्रदर्शन गर्न खोजिएको छ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चित नाटक कथक नृत्यमा आधारित छ । यसमा कलाकारले एउटी परीको संघर्षरत दन्त्य कथा प्रस्तुत गर्न खोजेका छन् ।
स्थेस्टिक डान्स स्टुडियोको प्रस्तुति रहेको नाटकमा सलिन मगर र शाश्वत श्रेष्ठको संगीत छ। यस नाटकमा मेलिशा घिमिरे, कुन्ती सिमली, निकोल श्रेया तामाङ,रिजवान थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनामी बोहरा, प्रियंका चम्लागाईं, दिलासा गुरुङ, स्रमिस्टा दास, सुजाता दास र दृष्टि दाहालको नृत्य अभिनय रहेको छ। नाटक वैशाख २४ गतेसम्म मञ्चन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार