नक्कली शरणार्थी प्रकरण छानबिनमा राजनीतिक हस्तक्षेप र मिलेमतो बढेर गयो : राप्रपा
प्रकरणमाथि प्रहरी छानबिनको-प्रशंसा
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १८:१०:२८
२२ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले जारी राखेको छानबिनको प्रशंसा गरेको छ । पछिल्लो चरणमा छानिबनमा राजनीतिक हस्तक्षेप र मिलेमतो बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय रहेको बताए । छानबिनमा राजनीतिक हस्तक्षेप र मिलेमतो बढेको भन्दै प्रभावित नहुन समेत सचेत गराएका छन् ।
उनले सामाजकि सञ्जालमार्फत ‘हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएकाले राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको बताउँदै प्रकरणमा जोसुकै संलग्न भएपनि कारवाही गर्नबाट पछि नहट्न आग्रह गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय छ। उक्त प्रकरणमा एकपछि अर्को ’हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएपछि राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको छ,’ उनले भनेका छन् ।
दबाब, पक्षपातरहित वातावरणमा मात्र छानबिन निष्पक्ष र टुंगोमा पुग्ने भन्दै जुनसुकै स्तरको दबाब झेल्दै दोषीमाथि कारबाही गर्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
‘सन्देहास्पद रहेका व्यक्ति सत्तापक्ष होउन् वा प्रतिपक्ष, भ्रष्टाचार जस्तो गम्भीर र जघन्य अपराधमा संलग्नलाई प्रहरी प्रशासनले बिना दबाब, पक्षपातरहित, भयमुक्त वातावरणमा छानबिन अघि बढाउनुपर्छ। निर्दोष नपरुन्, दोषीले उन्मुक्ति नपाउन् भन्ने मान्यताका आधारमा जुनसुकै तहका राजनीतिक वा प्रशासनिक व्यक्ति हुन् कसैगरी छानबिनको दायरामा ल्याइनुपर्छ,’ उनले भनेका छन् ।
छानबिनको लहरो गृहको कमान्ड सम्हालेका तत्कालीन मन्त्री र विशिष्टहरूसम्म नपुग्दै लहरा चुँडिन नहुनेमा जोड दिँदै प्रकरणलाई सिङ्गो देशले गम्भीरतापूर्वक हेरिरहेको बताएका छन् । प्रकरणमाथि भइरहेको छानबिनले लाई सिङ्गो देश र परदेशमा रहेका नेपाली समेतले बडो उत्सुकताका साथ हेरिरहेको र सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने आशा समेत पलाएको उनको भनाइ छ ।
‘भ्रष्टाचार र असुली प्रकरणको छानबिनमा इतिहास निर्माण हुँदै गरेको यो समयले फेरि कसैलाई निराश नबनाओस् । भ्रष्टाचारमा शुन्य सहनशीलता केवल सधैंको भाषणको विषय मात्र नबनोस्’ उनले लेखेका छन् ।
प्रकरणमा सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित ८ जना पक्राउ परिसकेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरोहले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउन भन्दै ८७५ जनाबाट अर्बौं रुपैयाँ उठाएको अभियोग छ । हालसम्म १६७ जनाले प्रहरीमा उजुरी दिइसकेको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार