शाहरुख अभिनित ‘जवान’ फिल्म रिलिजको डेट सर्ने
नेपालबहस संवाददाता
बैशाख २३, २०८० शनिबार १२:१२:५९
२३ बैशाख, मुम्बई । पठानको ठूलो सफलतापछि दर्शकको नजर शाहरुख खानको आगामी फिल्म ‘जवान’ र ‘डंकी’ मा परेको छ । हालै शेयर भएको टिजरमा एक्सन फिल्म जवान आगामी २ जुनमा रिलिज हुने बताइएको थियो । तर, अहिले भिएफएक्समा कामका कारण एट्ली निर्देशित जवानको रिलिज मिति पर सर्ने देखिएको छ ।
पिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मसँग सम्बन्धित एक स्रोतले भन्यो, ‘जवान’ अब जुन २, २०२३ मा रिलिज हुँदैन किनभने सो टोलीलाई फिल्म पूरा गर्न अझै केही समय चाहिने देखिएको छ ।’ किनभने तिनीहरू देशको उत्कृष्ट अन्य फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादनको साथ आउन चाहन्छन्।
जवान फिल्म टोलीले धेरै मितिहरू पुर्नविचार गरिरहेको रिपोर्टहरू आएका छन्, जसमा जुन २९ वा अगस्त २५ लाई फाइनल गर्ने भनिएको छ। यद्यपि, आधिकारिक घोषणा भने अझै भएको छैन । रिपोर्टलाई विश्वास गर्ने हो भने ११ अगस्टमा रिलिज हुने गदर र जुन २ मा रिलिज हुने प्रभासको आदिपुरुष जवानको रिलिजका कारण प्रभावित हुन सक्छ ।
सो फिल्ममा शाहरुख खानका साथै नयनतारा, सान्या मल्होत्रा र प्रियमणी मुख्य भूमिकामा रहेका छन्। यसै क्रममा किङ खान यो फिल्मको सुटिङमा अझै व्यस्त रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार