बेलायती राजा चार्ल्सको राज्याभिषेक आज, विश्वभरीका विशिष्ट पाहुना बेलायतमा
नेपालबहस संवाददाता
बैशाख २३, २०८० शनिबार १५:६:५६
२३ वैशाख, लन्डन। बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लन्डनको वेस्टमिन्स्टर एबीमा एक विशेष समारोहका बीचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राज मुकुट पहिराइने छ ।
सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरीबाट दुई हजार भन्दा बढी अति विशिष्ट पाहुनाहरू बेलायत आई पुगेका छन् । यसरी आउने पाहुनाहरूमा विभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरू, विश्वभरीका विभिन्न मुलुकका राजनेताहरू, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुदैँछन् ।
आज हुने विशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राज मुकुट पहिर्याउने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २।२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राज मुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ ।
सो राज मुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।
महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन । उनको आज हुन गइरहेको राज्याभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार