संगीतकार प्रकाशलाई बिन्ध्यबासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड, २१ विधामा अवार्ड प्रदान
नेपालबहस संवाददाता
बैशाख २३, २०८० शनिबार १७:१३:४८
२३ वैशाख, काठमाडौं । राजधानीमा सम्पन्न तेह्रौं संस्करणकाे ‘रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७९’ संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई एक लाख राशीको ‘विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७९’बाट सम्मान गरिएको छ ।
विन्ध्यवासिनी फाउण्डेशनले आयोजना गरेको अवार्डमा नेपाली गीत संगीतमा अमूल्य योगदान पुर्याएवापत संगीतकार तथा संगीत प्रशिक्षक गुरुङलाई सो सम्मान प्रदान गरिएको हो ।
अवार्डमा ५० हजार रुपैयाँसहित गायिका सुकमित गुरुङलाई ‘विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९’, लोकगायक झलकमान गन्धर्वको सम्मानमा स्थापित २५ हजार रुपैयाँ राशीको ‘झलकमान लोक संगीत सम्मान २०७९’बाट गायक बद्री पंगेनीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गायक पंगेनीले आफूलाई शब्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रूपैयाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रस्तुतिमा भएको कार्यक्रममा गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०७९’ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको ‘विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’ नगद २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ ।
कार्यक्रममा विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको थियो । गीति संग्रह ‘नजर ३’ विमोचन गरिएको कार्यक्रममा ‘नजर २’को सम्पूर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि ‘नजर’ गीति संग्रहबाट संकलित सम्पुर्ण आम्दानी ८ लाख १८ हजार २ सय ५० रुपैंयाँ दुई किस्ता गरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले बताइन् ।
यी हुन् अवार्ड विजेताः
सर्वोत्कृष्ट गीत– छुटेपछि त छुट्यो (दिपीका रिमाल थापा)
सर्वोत्कृष्ट गायन पुरुष (सुगम संगीत– रुपक डोटेल (तिमी बिना)
सर्वोत्कृष्ट गायन महिला (सुगम संगीत)– जुनु रिजाल (न दोष तिम्रो न दोष मेरो)
सर्वोत्कृष्ट संगीत (सुगम संगीत)– ईश्वर अमात्य (अघि बढे भेल बाढी)
सर्वोत्कृष्ट रचना (सुगम संगीत)– बि पाण्डे (झुम्के बुलाकी)
सर्वोत्कृष्ट महिला गीतकार (सुगम संगीत)– प्रभा बर्तौला (एउटा कथा)
सर्वोत्कृष्ट पप गायन पुरुष– संजीव सिंह (आधा रातमा)
सर्वोत्कृष्ट युगल गायन–हिमाल सागर र अनु चौधरी (ए होर माया)
सर्वोत्कृष्ट एरेन्जर–साहस शाक्य (साथले तिम्रो)
सर्वोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)– विक्रम परियार (पाखे)
सर्वोत्कृष्ट लोकदोहोरी गायन (महिला)– सुनिता बुढा छेत्री (रुँदै रुँदै नौतुना रेलैमा)
सर्वोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)– स्मृति तिमल्सिना (मकै पिस्ने जाँतो)
सर्वोत्कृष्ट लोक दोहोरी भाका– सन्तोष केसी (गुल्मेली हुम कर)
सर्वोत्कृष्ट मोडल (लोक दोहोरी)¬बना अधिकारी र लोमस शर्मा (बिउरीयो दुई दिने चोला)
सर्वोत्कृष्ट मोडल (आधुनिक)– कुमारी बराइली र विमल अधिकारी (दिलको डायरीमा)
सर्वोत्कृष्ट गीत (लोक दोहोरी)– घनश्याम रिजाल (सुन्य भयो डाँडैको चौर)
सर्वोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)– रामजी लामिछाने (एउटा कथा)
सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत– हाम्रो देशको सिमाना (अर्जुन कौशल)
सर्वोत्कृष्ट भिडियो सम्पादक (एडिटर)– प्रविण भट्ट (पिर)
सर्वोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)– अजय रेग्मी (सराङकोटको डाँडैमा)
विन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार– कौशिला खनाल कमाचार्य
पब्लीक च्वाईस अवार्डः दीपेन्द्र तिमल्सिना
पपूलर अवार्डः प्रकाश धमला
जूरी अवार्ड म्युजिक भिडियो डिरेक्टर तर्फः काजिश श्रेष्ठ
जूरी अवार्ड गायनतर्फः तेजस रेग्मी
जूरी अवार्ड अभिनयतर्फः बादल घिमिरे
जूरी अवार्ड संगीत तर्फः नरहरी प्रेमी
जूरी अवार्ड गीततर्फः कमल सरगम
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार