प्रियंकाले छाडेका सलमानसँगका तीन फिल्म, जो रिलिज पछि ब्लकबस्टर
Priyanka left Salman
नेपालबहस संवाददाता
बैशाख २३, २०८० शनिबार १८:६:४७
२३ बैशाख, मुम्बई । प्रियंका चोपडा ग्लोबल स्टार बनेकी छिन् । उनको वेब सिरिज सिटाडेल अमेजन प्राइम भिडियोमा विश्वव्यापी रूपमा रिलिज भएको छ, अब उनको हलिउड फिल्म ‘लभ अगेन’ रिलिजको लागि तयार छ। देसी गर्लले यो फिल्मको प्रचार गरिरहेकी छिन् ।
यसरी कुनै समय भारतमा दर्शकको रोजाइमा परेकी प्रियंका चोपडा आज विश्वभर नाम कमाइरहेकी छिन् । हरेक अभिनेताको जीवनमा यस्ता धेरै कम अवसर आउँछन्, जब उसले आफ्नो कुनै बाध्यताका कारण केही प्रोजेक्टलाई छाडनु पर्ने हुन्छ ।
प्रियंका चोपडासँग पनि यस्तै भएको छ । उनले आफ्नो करियरमा धेरै फिल्म अस्वीकार गरेकी छिन् । तर यहाँ हामी ती तीन फिल्मको बारेमा कुरा गर्न जाँदैछौं, जुन भाइजान सलमान खानसँग थिए र रिलिज पछि ब्लकबस्टर पनि हुन पुगे ।
पहिले सलमान खानको फिल्म भारत ९२०१९० को बारेमा कुरा गरौं। यस फिल्मका लागि प्रियंका चोपडालाई फाइनल गरिएको थियो । फिल्मका लागि सबै कुरा तय भइसकेको थियो । तर प्रियंका चोपडाले विवाहको कारण फिल्म छोड्नु पर्ने जनाइन । उनले फिल्मबाट अलग भएको जनाए पछि निकै हंगामा भएको थियो । तर प्रियंकाले प्रायः आफ्नो मनको कुरा सुन्छिन्, र उनले निक जोनससँग आफ्नो जीवन बिताउने आफ्नो निर्णयमा अगाडि बढ्नु उचित ठानिन्।
यति मात्र होइन, साजिद नाडियाडवालाको फिल्म किक '२०१४' मा सलमान खानको अपोजिटमा प्रियंका चोपडा पनि देखिने बताइएको थियो । तर, प्रियंका चोपडाले यो प्रस्ताव अस्वीकार गरिन् । यसको कुनै कारण पत्ता लाग्न सकेको छैन । फिल्ममा प्रियंकाको स्थानमा ज्याकलिन फर्नान्डिसलाई फेरि कास्ट गरिएको थियो र जुन फिल्म पछि आएर ब्लकबस्टर हुन पुग्यो ।
अब कुरा गरौं सलमान खानको फिल्मको जसमा उनी पहलवानको भूमिकामा देखिए र दर्शकको मन जितेका थिए । यो फिल्म सन् २०१६ मा रिलिज भएको ‘सुल्तान’ थियो । यसअघि यो फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने तयारी भइरहेको थियो । तर उनले यो फिल्मलाई अस्वीकार गरिन् । र, सो फिल्ममा अनुष्का शर्मालाई कास्ट गरिएको थियो । यसरी प्रियंकाले सलमान खानसँग अस्वीकार गरेका फिल्महरु ब्लकबस्टर साबित भए । तर, यसैबीच प्रियंका पनि ग्लोबल स्टार भइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार