जति दवाव आएपनि शरणार्थी प्रकरणमा प्रधानमन्त्री डग्नु हुँदैनः नेपाल
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ११:२६:३०
२४ वैशाख, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको कारवाहीका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दवावमा पार्न खोजिएको बताएका छन् । उनले आफू फसिने अवस्था आएपछि कारवाही रोक्नका लागि प्रधानमन्त्रीलाई दवाव दिइएको हुनसक्ने उनको भनाइ छ । जति दवाव आएपनि यस प्रकरणमा सरकारले खुट्टा कमाउन नहुने नेपालको सुझाव छ ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने दोषी जुनसुक तहको भएपनि सरकारले कारवाही गर्न सक्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले भनेका कुरा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका छन भन्ने बुझिएको उनको भनाइ छ । नेपालले जति ठूलो दवाव आएपनि प्रधानमन्त्री झुक्न नहुने बताए ।
यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए । आफूले बदमासी गरेको छैन, आफूले घुस खाएको छैन, आफूले भ्रष्टाचार गरेको छैन । त्यसकारण न बिराउनु न डराउनु । प्रधानमन्त्री पनि डराउनु हुँदैन । उहाँले केही गर्छु भन्नु भएको छ । गरेर देखाउने बेला आएको छ । नडराइ कन देखाउनुपर्छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीसमेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग लगातार दुई दिन गरेको भेटवार्ताको विषयबारे भने उनले यस विषयमा आफू जानकार नभएको बताए । नेता नेपालले भने, ‘उहाँले भेट गरेको सुनेको छु तर, संवैधानिक परिषदको विषयमा हो कि, संसद कसरी चलाउने विषय हो कि, समितिको सभापति कसरी बनाउनुपर्छ भन्ने विषय हो कि, यही विषय नक्कली भुटानी शरणार्थी प्रकरण हो त्यो चाँही थाहा भएन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार