उच्च अदालतले टुकुचा खोला नै हो भन्ने कुरा प्रमाणित गरिदिएको छ : मेयर बालेन
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ११:५२:४१
२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरिदिएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उच्चको आदेशले टुकुचा ढल होइन, खोला नै भएको पुनः प्रमाणित गरेको बताएका हुन् ।
बालेनले टुकुचालाई प्राकृतिक खोलाको रुपमा विकास गर्न भन्दै छोपिएका स्थानहरुमा डोजर लगाएर खोल्ने क्रममा उक्त कार्य रोक्नुपर्ने माग गर्दै परेको रिटमाथि हालै मात्र दिएको आदेशले नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्र घोषणा गरेको दाबी उनको छ । फैसलाबाट टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको समेत दाबी गरेका छन् ।
उनले खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप हामीले चालेका कुनैपनि कदम खेर नगएको भन्दै टुकुचामाथि बनेको भौतिक संरचना (घर, टहरा) हटाउने अभियान सही भएको समेत गरेका छन् ।
कुनैपनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा त्यसमाथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको बताउँदै टुकुचालाई महानगरले संरक्षण गर्ने जनाएका छन् । उनको स्टाटसले अब महानगर रोकिएको अभियान पुनः संचालन गर्ने र टुकुचालाई प्राकृतिक रुपमै रहन दिने कार्यमा अगाडि बढ्ने स्पष्ट संकेत दिएका छन् ।
‘अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ’ लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार