सिरहामा बढ्दो लागुऔषध तस्करी, १४ केजी गाँजासहित दुई युवक पक्राउ
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १३:२७:२९
♦ मुकेश कुमार यादव
२४ वैशाख, सिरहा। सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षैंदेखि किसानहरुले गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो।
शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजासहित दुई युवक पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार-१ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्वर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।
विशेष सुचनाको आधारमा गोलबजार-४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाजासहित श्याम कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए।
प्रहरीले विशेष सुराकिको अधारमा केन्द्रिय अनुसन्धान लागुऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुदाथोकीको कमान्डमा खटिएको टोलिले गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी पान्डेले बताए ।
केही समययता भारतीय सीमानाका खुकुलो भएसँगै भारतीय बजारबाट तस्करीका खाद्यान्न लगायतका सामग्री पारी भित्र्याउने र नेपालबाट भारतीय तस्करहरुले गाँजा लगायतका तस्करीका सरसम्मानहरु वारी लाने गरेका स्थानीहरु बताउँछन् । भारतीय बजारमा मदिराको विक्रवितरणमा प्रतिबन्ध लगाएसँगै गाँजाको माग ह्वातै बढेको स्थानीयहरुको भनाई छ । नेपालमा ७ हजार प्रतिकिलो पर्ने गाँजा भारतीय बजारमा १५ देखि २० हजार ९भारतीय रुपैया०सम्म विक्रिवितरण हुने भएकोले व्यापक तस्करी भइरहेको छ । तराईका जिल्लाहरूमा सम्बन्धित् निकायको निरीहताका कारण गाँजाखेती र तस्करी भने दिनप्रतिदिन फस्टयाइरहेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार