नेपाली नागरिकता लिएका भारतीयको शंखमुलमा ७ तले घर
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १८:८:३०
२४ वैशाख, काठमाडौं । नक्कली कागजात बुझाएर नेपाली वंशज नागरिकता लिएका भारतीय नागरिकले काठमाडौंको शंखमुलमा ७ तलको घर जोडेको पाइएको छ ।
लामो समयको अध्ययनपछि शनिबार मात्र पक्राउ परेका १० जना भारतीयमाथि अनुसन्धानका क्रममा उत्तर प्रदेशका भरतप्रसाद गुप्ताको नाममा ५ वर्ष अगाडि शंखमुलमा ७ तले जोडेको खुलेको हो । उनी र उनका परिवारका लाखौं रुपैयाँ रकम जम्मा भएको समेत पाइएको छ ।
गुप्ताले आफ्नै घरमा ‘विकानील’ नामको मिठाई पसल सञ्चालन गर्दै आएका फेला परेको छ । उनले घरका तल्ला भाडामा समेत लगाएका छन् । उनी श्रीमती र एक सन्तानसहित त्यहाँ बस्दै आएको खुलेको छ । अहिले उनका परिवार सबै जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा पुगेका छन् ।
भारतको नागरिकता बोकेका उनले २०६३ चैत १७ गते जन्मको आधारमा बारा जिल्ला प्रशासन कार्यालयबाट १५३०९०÷१०४ नम्बरको नेपाली नागरिकता लिएको पाइएको छ । उनले नेपाली पासपोर्ट पनि बनाएका छन् ।
उनका श्रीमती ५१ वर्षीया ज्ञानमतिले नेपाली नागरिकता लिएकी छिन् । उनले २०६८ असार ९ गते १५१०९०÷७३० नम्बरको वैवाहिक अंगिकृत नेपाली नागरिकता लिएको खुलेको छ । गुप्ता दम्पतिका ३० वर्षीय छोराले २०७० वैशाख २९ गते वंशजको आधारमा १५३०९०÷३४ नम्बरको नेपाली नागरिकता लिएका छन् । पनि नेपाली नागरिकता लिएका छन् । उनीहरु तीनै जनासँग भारतीय नागरिकको परिचयपत्र पनि फेला परेको छ । तीनै जनाले नागरिकताका आधारमा मतदाता परिचय पत्रसमेत बनाएका छन् । उनीहरुको भारतको मतदाता पत्र पनि भेटिएको छ ।
विशेष सूचनामा आधारमा गरिएको अनुसन्धानपछि भरतका परिवारका३ सहित १० जनालाई कलंकी, गाेंगबु, बानेश्व, बागबजार क्षेत्रबाट पक्राउ गरिएको थियो । उनीहरुमाथि नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई नागरिकता दिने प्रकरणमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीको संलग्नता रहे नरहेकाबारे पनि अनुसन्धान सुरु भएको बताइएको छ ।
पक्राउ पर्ने अन्य व्यक्तिहरु बिहारका रहेका छन् । उनीहरुले वंशज नागरिकताका आधारमा नेपालभित्र घर जग्गा, व्यवसायमा लगानी गर्दै आइरहेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार